फिचर

बर्षाका कारण पाँचथर गोल्डकप प्रभावित, भोली उद्घाटन समारोह सहित २ खेल हुने

पाँचथर २३ चैत्र ।। पाँचथरको फिदिममा आजदेखी सञ्चालन हुने भनिएको पाँचथर गोल्डकप लगातार परेको पानीका काँरण प्रभावीत बनेको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार आज दिनको २ बजे गोल्डकपको उद्घाटन हुने भनिएको थियो । तर विहानै बाट मेघ गर्जन सहित फिदिममा परेको पानी अपराहन्न सम्म पनी नरोकिएपछी आयोजकले उद्घाटन कार्यक्रम भोली विहान ८ बजेलाई सरेको जनाएको छ ।

भोली विहान ८ बजेको उद्घाटन कार्यक्रम लगत्तै पहिलो खेल मिसन युनाइटेड ताप्लेजुङ र डि एफसी मोरङ विच हुने तथा दिउसो २ बजे दोश्रो खेल रेडहर्ष इलाम र बिर्तामोड युनाइटेड झापा विच हुने आयोजक पाँचथर क्लब पाँचथरका सचिव योगराज सेढाइले बताए ।


जिल्लाको प्रतिष्ठित फुटबल प्रतियोगिता मानिने गोल्डकपको तेश्रो संस्करणमा ए डिभिजन सहितका १० वटा क्लबले प्रतिष्पर्धा गर्दैछन् ।


प्रतियोगितमा मिसन युनाइटेड ताप्लेजुङ, डि एफ सी मोरङ, जावलाखेल युथ क्लब ललितपुर, विजय युथ क्लब हेटौडा, रेडहर्ष फुटबल क्लब इलाम, बिर्तामोड युनाइटेड झापा, दार्जिलिङ युनाइटेड भारत, हिमालय शेर्पा क्लब काठमाण्डौ, न्यू स्टार सुनसरी, र आयोजक पाँचथर क्लब पाँचथले प्रतिष्पर्धा गर्ने आयोजक संस्था पाँचथर क्लबका सचिव योगराज सेढाइले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल आगामी बैसाख २ गते हुने आयोजक संस्थाले जनाएको छ ।
प्रतियोगिताको विजेता टिमले ४ लाख रुपैँया नगद पुरस्कार र ट्रफि पाउने छ । उप–विजेताले भने २ लाख रुपैँया नगद र ट्रफि चित्त बुझाउनु पर्ने छ । विधागत पुरस्कारहरु समेत राखिएको जानकारी दिइएको छ ।

प्रतियोगिता ४३ लाख रुपैँया लागतमा सम्पन्न गर्ने योजना रहेको आयोजकले जानकारी दिएको छ । मुख्य प्रयोजकको रुपमा वाई वाई चाउचाउ रहेको छ भने फिदिम नगरपालिका लगायतले सहयोग गरेका छन् ।