फिचर

सौतेनी आमालाइ चुलेसी र बेल्चाले हानेपछी


मोरङ, चैत्र २२ गते । मोरङको रतुवामाई नगरपालिका-८ सुवेदी चोकबाट कान्छी आमालाई हतियार प्रहार गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहिवार अपरान्ह सवा ५ बजे सोही स्थान बस्ने अनिष बस्नेतको जेठी पटिको श्रीमतीको छोरा बर्ष १९ को रविन बस्नेतले आफ्नै घर कोठामा कान्छी आमा बर्ष २३ की पुष्पा बस्नेतलाई चुलेसी र वेल्चाले प्रहार गरेका थिए ।

हतियार प्रहारबाट गम्भीर घाइते पुष्पालाई उपचारको लागि विराटनगर स्थित न्यूरो अस्पताल पठाईएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ । हतियार प्रहार गर्ने रविनलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।