फिचर

पाँचथर सहित पुर्वका किसानमा चैते धानको चटारो (भीडियो सहित )

पाँचथर : कोहि जोत्ने, त कोहि हिलोआली गर्ने,कोहि दाँते अनि कोहि चाँहि फ्यारी लगाएर हिलो माटो मिलाउने सँगसँगै बीउ काढ्ने र धान रोप्न ब्यस्त छन यहाँका किसान । पाँचथरका किसान फिदिम सहित बिभिन्न बेँशीमा चैते धान रोप्न ब्यस्त छन । चैतको पहिलोसाता हिलो आलीमा पसेका उनीहरु महिनाभरी नै धान रोप्न ब्यस्त हुन्छन । हिँउदे भन्दा दोब्बर मात्रामा उत्पादन हुने भएकाले पनि चैते धानतर्फ किसानको लगाब पाइन्छ ।
यो बेला रोपेको धान वर्षायामको भन्दा दोब्वर उत्पादन हुने भएकाले आफुहरुलाई असारमा भन्दा चटारो हुने फिदिम ११ का किसान लोकप्रसाद वुडाथोकी बताँउछन ।
टन्टलापुर घाममा हिलो आली गर्न चैत पहिलो सातादेखि बेँशी छिरेका उनीहरु महिनाभर यत्तिकै व्यस्त हुन्छन । किरा फ्टयांग्राले दुख नदिए उत्पादन दोब्वर बढि हुने फिदिम १ का अर्का किसान नरप्रसाद श्रेष्ठको बिश्वास छ ।
त्यसो त चैतमा गरिने रोपाईको त्यति धेरै चर्चा हुँदैन । यो धान रोप्न कस्सिएका किसानको काम गर्ने शैलीमा पनि भद्रपना झल्किन्छ ।
यो बर्ष चैते धान प्रवर्धनका लागि प्रदेश सरकारले कृषि ज्ञानकेन्द्रहरु मार्फत १ नम्वर प्रदेका सबै जिल्लामा अनुदान दिएपछि किसानमा थप हौसला मिलेको छ ।

बालि विकास निर्देशनालयको तथ्यांकले चैते धान तराई,पहाडी र उच्च पहाडी मात्रै नभएर हिमाली जिल्ला ताप्लेजुङ र सोलुखुम्बुमा पनि उत्पादन हुने देखाएको छ यो धान प्रदेश नम्बर १ अन्तरगत पर्ने पहाडी र उच्च पहाडीसँगै हिमाली जिल्लामा १२ हजार ३ सय २७ हेक्टरमा खेती गरिन्छ । जस्को उत्पादन ५० हजार ५ सय १ मेट्रिकटन छ । जसमध्ये हिमाली जिल्ला ताप्लेजुङमा २०७ र सोलुखुम्बुमा समेत ७७ हेक्टर जमिनमा यो धान खेती हुदै आएपनि चैते धानले नेपालको कुल ग्राह्यथ उत्पादनमा पु¥याएको योगदानको चर्चा सम्म हुँदैन ।
तर तराई मात्रै नभएर नेपालका पहाडी उच्च पहाडी र हिमाली जिल्लासम्म उत्पादन हुने चैते धानले नेपालको कृषि उत्पादनमा पु¥याएको योगदान महत्वपूर्ण छ ।