फिचर समाज

फिदिमका युवाको शव इलाममा भेटियो

सांकेतिक तस्वीर

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका २ र ३ को सिमानामा बग्ने तामाखोलामा एक व्यक्तिको शव फेला परेको छ ।

मृतक फिदिम नगरपालिका ५ का २९ वर्षीय मतीराज तुम्बापो रहेको स्थानीय प्रहरीलाई उदृत गर्दै संचारकर्मी सुमन लावतीले जानकारी दिए ।करिब आधा भाग पानी डुबेको अवस्थामा शव फेला परेको छ । शव नजिकै एक जोर जुत्ता र एउटा चप्पल समेत फेला परेको छ ।

तुम्बापो इभाङ-चतुरे सडकको मजदुर रहेको बताइएको छ । उनी दुई दिनदेखि साथीहरुको टिमबाट हराएको बुझिएको छ । शव रहेको स्थान सडकबाट करिब ५ सय मिटर तल पर्दछ ।

स्थानीय एक महिलाले जंगलमा चारो टिप्ने क्रममा शव देखेपछि गाउँलेलाई खबर गरेकी थिइन् । अहिले गाउँले र स्थानीय प्रहरी सहितको टोलि घटनास्थल पुगिसकेपनि विस्तृत विवरण आउन बाँकी छ ।