मोफसल

झण्डै आधा घण्टाको पैदल यात्रामा पूर्व राजा ज्ञानेन्द्रले पाँचथरका को सँग कस्तो व्यवहार गरे ? भीडियो हेर्नुहोस

पूर्व राजा ज्ञानेन्द्र शाहले मंगलवार करिब आधा घण्टा प्रदल यात्रा गर्दै पाँचथरका नागरिसँग भेटघाटसँगै संक्षिप्त कुराकानी गरेका छन । बिहान ११ बजे फिदिम स्थित लोकतन्त्र चौकबाट भानुमार्ग गणतन्त्र चौक,अस्पताल मोड हुुँदै आहालगैरीसम्म पैदल यात्रा गर्दै ज्ञानेन्द्रले स्थानीयसँग भेटघाट गरेका हुन ।
भेटघाटका क्रममा ज्ञानेन्द्रले लाममा लागेका बृद्धबृद्धा,बालबालिका र अधबैँंशेसँग संक्षिप्त कुराकानी पनि गरे । यद्धपी सञ्चारकर्मी सामुभने उनले केहि बोल्न चाहेनन । स्थानीयसँगको भेटघाट पछि ज्ञानेन्द्रले फिदिम ४ स्थित सुजिरी सुम्हात्लुङ मन्दिरमा पुजा अर्चना गरेका थिए । भ्रमणका क्रममा उनले सुम्हात्लुङ मन्दिरको ऐतिहासिक पक्षका विषयमा जानकारी समेत लिएका छन । उनले मंगलबार नै नेपालक १६ औं विभुती फाल्गुनन्द लिङदेनका सालिकमा माल्र्यापण गरेका छन । उनी मंगलवार नै इलाम फर्किने कार्यक्रम छ ।
उनको फिदिम भ्रमणका क्रममा हजारौं सर्वसधारण भेला भएका थिए । समर्थकहरुले राजा आउ देश बचाउ,हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्दै बहालवाला राजाकै हैसियतमा सम्मान दिएका थिए ।