मोफसल

परिक्षामा फस्ट बनाइदिन्छु भन्दै बिद्यार्थीलाई यौन दुव्र्यवहार गर्ने शिक्षक पक्राउ

पाँचथर : परिक्षामा प्रथम बनाइदिने प्रलोभन देखाँउदै यौन दुव्र्यवहार गर्ने शिक्षक पक्राउ परेका छन । यौन दुव्र्यवहार गर्ने सप्तरी जिल्लाको सम्भुनाथ गाँउ पालिका ५ घर भई जिल्लाको हिलिहाङ गाँउ पालिका ५ स्थित सरस्वती माविका विज्ञान शिक्षक उपेन्द्र चौधरीलाई मंगलवार प्रहरीले पक्राउ गरेको हो ।
बज्ञान बिषयका ती शिक्षकले आफ्नै विद्यालयको कक्षा ८ मा अध्ययनरत एक छात्रालाई घरमा कोही नभएका बेला गएर तिम्रो सिम्बोल नम्बर देउ, परिक्षामा प्रथम बनाइदिन्छु भन्दै यौन दुव्र्यवहार गरेको पीडित बालिकाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।
सम्बेदनशिल अंगमा हात पु¥याँउदै यौन दुव्यबहार गर्न थालेपनि वालिका ठुलो स्वरमा कराउदै भागेको अविभाकले वताए । छोरीलाई पढाउने शिक्षकबाट छोरीमाथी यौनदुर्ब्यबहार हुँदा दुख लागेको पीडितका अविभाकको प्रतिकृया छ । चौधरीलाई हिरासतमा राखी अनुसन्धन सुरु गर्नका साथै यौन दुव्र्यवहार कसुरमा मुद्धा दर्ता गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी अनिल पौडेलले जानकारी दिए ।