फिचर समाज

पाँचथरमा शिक्षकमाथी यौन दुर्ब्यबहारको आरोप

पाँचथर २० चैत्र ।। जिल्लाको एक माध्यमिक विद्यालयका शिक्षकले १३ बर्षिय बालिकालाई यौन दुब्र्यबहार गरेको आरोप लागेको छ । विज्ञान विषय पढाउदै आएका सप्तरी सम्भुनाथ गाउँपालिकाका उपेन्द्र चौधरीमाथी दुब्र्यबहारको आरोप लागेको हो ।

घर मा कोही नभएको मौका पारी तिम्रो सिम्बोल नम्बर देखाउ म फस्ट पारिदिन्छु भन्दै सम्वेदनशिल अंगहरुमा हात लगाउन थालेपछी आफु कराउदै भागेको पिडित बालिकाको भनाइ छ । छोरीलाई पढाउने शिक्षकबाट छोरीमाथी यौनदुब्र्यबहार भएको पिडित बालिकाको बुबमा आमाले थाहा पाउने साथ प्रहरीलाई खबर गरेका थिए ।

आरोपित शिक्षकलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ ।