फिचर

पूर्व राजा ज्ञानेन्द्र फिदिममा यसरी भित्रिए भिडीयाे हेर्नुस


पाँचथर : पुर्ब राजा ज्ञानेन्द्र शाह पाँचथर सदरमुकाम फिदिम आइपुगेका छन । उनी भर्खरै फिदिम आइपुगेका हुन । उनी सदरमुकाम आँउदा समर्थकहरुको उल्लेख्य उपस्थिति थियो ।
फिदिम स्थित मनस्वी होटलमा आइपुगेका उनले भोली सदरमुकाम फिदिममा स्थानीयसँग भेटघाट गर्नका साथै सुम्हात्लुङ मन्दिरको दर्शन गर्ने कार्यक्रम रहको आयोजकले जनाएको छ ।
उनी सदरमुकाम फिदिम भित्रिँदा समर्थकहरुले राजा र राजसस्थाको समर्थनमा नारा समेत लगाएका थिए ।
फिदिममा उनलाइ स्वागत गर्न राप्रपा सँगै लिम्बुवान,नेकपा र कांग्रेस समर्थकहरुको पनि उपस्थिति थियो ।