फिचर

अप्रिल फुल भन्दै फेसवुक मार्फत राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध जथाभावी लेख्ने २ जना पक्राउ, १ लाख रुपैंया जरिवाना र ५ वर्ष कैद हुने

पाँचथर : अप्रिल फुलको मौका छोपेर प्रधानमन्त्रीविरुद्ध जथाभावी लेख्ने २ युवकलाई प्रहरीले भक्तपुर र चितवनबाट पक्राउ गरेको छ । फेसवुकमार्फत भ्रम फैलाउन खोजेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईवीको टोलीले पाल्पाका २२ बर्षीय निर्मल गैरे र रुपन्देहीका २३ बर्षीय यमप्रसाद पन्थीलाई पक्राउ गरेको हो । गैरलाई भक्तपुर र पन्थीलाई चितवनबाट पक्राउ गरिएको हो । राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीलाई लक्षित गरि उनीहरुले फेसबुकमा लेखेको कुराले समाजमा भ्रमपुर्ण, नकारात्मक दृष्टीकोणको अफवाह फैलाएको दावी प्रहरीको छ । उनीहरुविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम कारबाही हुने कानुनी ब्यवस्था छ । विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गर्ने कार्यमा संलग्नलाई १ लाख सम्म जरिवान वा ५ बर्षसम्म को कैद वा दुबै सजाय हुने व्यवस्था छ ।

जततउस्ररदष्त।थिरद्दइँपखच्क्ष्