फिचर

पाँचथरका श्रीकम्पु र श्रीजङगी निशान संग्राहलयमा राखिने

पाँचथर : पाँचथरको याङवरक गाँउ पालिकामा प्रत्येक वर्ष बडा दशैंको नवमीका दिन प्रदर्शन गरिने २ वटा निशान अव संग्रहालयमा राखिने भएको छ ।
यसअघि त्यहाँका जिम्मावाल सुब्बाहरुले पालै पालो राख्ने गरिएका श्रीकम्पु र श्रीजङगी निशानलाई अब संग्राहलय राख्ने निर्णय त्यहाँ आयोजित सुव्वा सम्मेलनले निर्णय गरेको हो ।
घर–घरमा निशाना राख्दा खर्च हुने गरेकोले त्यसको जिम्मेवारी लिएका लिम्बूहरुको आर्थिक अवस्था कमजोर बनाएको निष्कर्ष निकाल्दै अब संग्राहलय निर्माण गरेर संग्रहित गर्ने तयारी गरिएको स्थानीय अमर तावाले बताए ।
शाह वंशले गोर्खा राज्य विस्तार गर्ने क्रममा पूर्वमा लिम्बूहरुलाई पराजित गर्न नसकेपछि सो क्षेत्रका भूमि लगायतका अन्य व्यवस्था हेर्ने अधिकार दिने गरी सुब्बा कायम गरी निशाना प्रदान गरेको इतिहास रहेको जानकार चन्द्रप्रसाद योङया वताँउछन ।
नेपालमा भूमि व्यवस्थापन गर्ने भन्दै नापी लागू भएपछि सुब्बाका ति अधिकार खोसिएकाले ति सामग्रीहरुलाई परापूर्वकाल जस्तो व्यवस्थापन गर्न कठिनाई भए सुव्वाहरुको भनाइ छ ।
याङवरक गाउँपालिकाको थर्पुमा प्रदर्शन गरिने निशानमध्ये श्रीकम्पु तर्फ १३ थरीका २२ सुब्बा र श्रीजङ्गी तर्फ १६ थरीका ५२ सुब्बा रहेका छन् ।
याङवरक गाउँपालिका वडा नं. ४ स्थित थर्पुमा चैत्र १५ गतेदेखि तीन दिनसम्म सञ्चालन भएको सुब्बाहरुको सम्मेलनमा उपस्थित भएका १ नं. प्रदेशका प्रमुख प्रा.डा. माननीय गोविन्दबहादुर तुम्बाङले इतिहास र संस्कृतिको जगेर्ना गर्नु पर्ने बताएका थिए ।
संग्रहालयमा राखिएपछि ती निशान बडा दशैंको नवमीका दिन प्रदर्शन गर्ने नगर्ने भन्ने विषयचाँहि खुलाइएको छैन ।
सम्मेलानलाई जिल्ला समन्वय समितिका प्रमुख विमल सापकोटा, फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्बाङ तेह्रथुमको लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुनबाबु माबुहाङ, याङवरक गाउँपालिकाका उपाध्यक्ष कमलकुमारी योङहाङले संस्कृतिको संरक्षण गर्नु पर्ने बताए । यसैगरी, नेकपाका नेता होम जवेगू, नेपाली काग्रेसका उपसभापति मित्रप्रसाद काफ्ले, राप्रपाका उपाध्यक्ष कमला केरुङ, संघीय लिम्बुवान मञ्चका उपाध्यक्ष चन्द्रराज आङदेम्बे, किरात याक्थुङ चुम्लुका १ नं. प्रदेशका मुख्य सचिव मधुराज केरुङ लगायतले संबोधन गरेका थिए ।
सम्मेलनले ति निशानहरुलाई व्यवस्थापन गर्न रणबहादुर तावाको अध्यक्षतामा ३१ सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा शर्ण लक्सम, सचिव महेन्द्र सेलिङ, सहसचिव धनकुमार योङहाङ र कोषाध्यक्षमा कलिन्द्र तावा चयन भएका छन् । अन्य विभिन्न थरी र सुब्बाहरुलाई मिलाएर समिति चयन गरिएको अध्यक्ष तावाले जानकारी दिए । समितिले विषय विज्ञहरुसँग परामर्श गरी चाँडै संग्राहलय निर्माण गर्ने समेत उनले जानकारी दिए ।

फोटो ः प्रत्येक वर्ष बडा दशैंका नवमीमा प्रदर्शन गरिने निशान अव यी निशान संग्रहालयमा राखिने निर्णय भएको छ । तस्बीर लक्ष्मी गौतम

About the author

miteree

Add Comment

Click here to post a comment

Your email address will not be published. Required fields are marked *