मोफसल

एकाविहानै मोटरसाईकलको ठक्करबाट १ को मृत्यु

पाँचथर : झापाको कन्काई नगरपालिका-३ पूर्व बसपार्क नजिक आइतवार मोटरसाईकलको१ जनाको मत्यु भएको छ । महेन्द्र राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको मे ९ प ५५७६ नम्बरको मोटरसाईकलले कन्काई नगरपालिका-८ बस्ने बर्ष ४० को बावुलाल टुडुलाई राती साढे ८ बजे ठक्कर दिएको थियो । मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते टुडुलाई उपचारको लागि बिर्तामोड स्थित बि.एण्ड. सी. अस्पताल पठाईएकोमा उपचारको क्रममा राती ९ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ । दुर्घटनामा मोटरसाईकल चालक शिवसत्ताक्षी नगरपालिका-९ बस्ने वर्ष ४१ को सनम राई समेत घाइते भई सोही अस्पतालमा उपचार भईरहेको छ ।