खेलकुद

पुर्व राजाको पाँचथर भ्रमण पुर्व सन्ध्यामा नेकपा नेताको आक्रोश उनीमाथि सरकारले प्रतिबन्ध लगाउनुपर्छ भीडियो हेर्नुहोस

पाँचथर : नेपाल कम्युनिष्ट पार्टिका १ नम्बर प्रदेश सह इन्चार्ज सावित्रीकुमार काफ्लेले राजसस्था खारेज भइसकेपनि ज्ञानेन्द्र साहले अहिले राजाकै हैसियतमा नेपाल भ्रमण र भेटघाट गरिरहेको आरोप लगाएका छन ।


पुर्ब राजा शाहको पाँचथर भ्रमण पुर्व सन्ध्यामा फिदिम सदरमुकाम फिदिम आइपुगेका उनले पुर्व राजाको भ्रमण संविधान विपरित र प्रतिगामी भएको टिप्पणी गर्दै गतिविधिलाई निरन्तरता दिए सरकारले प्रतिवन्ध लगाउने दाबी समेत गरे ।
नेपाल कम्युनिष्ट पार्टि र सरकार शक्ति सम्पन्न हुँदाहुँदै पनि प्रतिगामी शक्ति र बिदेशी चलखेल भइरहेको भन्दै पुर्ब राजाले नागरिककै हैसियतमा रहनुपर्ने काफ्लेको भनाई थियो ।
राजसस्था अन्त्य भएका अधिकांश मुलुक मध्ये केहिमा राजालाई जेल हालिएको,केहि मुलुकका राजालाई देश छोडाइएको भएपनि नेपालमा नया तरिकाले परिवर्तन हुँदा पुर्ब राजा राजाकै हैसियतमा छन । उनका गतिविधिमाथि सरकारको निगरानी हुनुपर्छ । काफ्लेले भने । प्रेस चौतारी र प्रेस सेन्टर पाँचथरले फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै काफ्लेले नेपाल कम्युनिष्ट पार्टिले सबै तहको एकता प्रकृया चैत भित्र सक्ने बताए । औपचारिक घोषणा भने बैशाख १० गते नेपालमा कम्युनिष्ट पार्टि स्थापना भएको सन्दर्भ पारेर हुनसक्ने उनको भनाई थियो ।