फिचर

पाँचथरको फालेलुङ र याङवरकमा असिनाले लाखौंको वालिनाली क्षति

पाँचथर: विहानीपख परेको असिनाले पाँचथरको फालेलुङ र याङवरक गाँउ पालिकाका किसानको बालिनालीमा क्षति पु¥याएको छ ।
आज विहान बिहान चारबजेदेखि सवा पाँचसम्म (४५ मिनेट) हावाहुरी र पानीसँगै परेको असिनाले किसानले लगाएको आलु र गहुँ सहित भर्खर चिचिला लागेको किविमा क्षति पु¥याएको हो ।
असिनाले पाक्न लागेको गहुँ, जौ,आलु र तोरीसँगै फुल खेल्दै गरेका अलैंची र भर्खरै चिचिला लागेको किविलाई सर्वाधिक क्षति पु¥याएको फालेलुङ ५ का अगुवा किसान बिक्रम ज्ञाङमी मगरले जानकारी दिनुभयो ।
फालेलुङ गाँउ पालिकाको ४,५,६ र ७ नम्बर वडामा असिनाले अधिक क्षति पु¥याएको गाँउ पालिका अध्यक्ष सञ्चकुमार केरुङले बताउनुभयो । यस्तै याङवरकको १ , २ र ३ नम्बर वडामा पनि असिनाले बाली नालीमा क्षति पु¥याएको छ ।
क्षतिको विवरण संकलन गर्न गाँउ पालिका मातहतका कृषि विकास साखाका कर्मचारी खटाउने तयारी भइरहेको गाँउ पालिकाहरुले जनाएका छन । क्षतिको विवरण भने यकिन भइ नसकेको प्रहरीले जनाएको छ ।

फोटो ः पाँचथरको फालेलुङ ५ मा परेको असिनाले कुटेको वालिनालीसँगै थुप्रिएका असिना । बिक्रम अर्पण

error: Content is protected !!