फिचर

पुर्ब राजा आउने कहिले २ थरी राप्रपाको झगडा अहिले ?

पाँचथर : पूर्व राजाको पाँचथर भ्रमण हुनुभन्दा २ दिन अगाडी स्वागत समिति गर्न दुईथरी राप्रपा विच तँछाड मँछाड भएको छ । कस्ले स्वागत गर्ने भन्ने विषयमा राप्रमा विवाद देखिएको हो । समिति गठनमा एकमत नहुँदा कमल थापा र पशुपति समसेर जवरा नेतृत्वका २ थरी राप्रपाले आज बेग्ला बेग्लै समिति बनाएका हुन ।
कमल थापा पक्षधर राप्रपाले पूर्व राजसभा स्थायी समितिका सदस्य बम बहादुर सम्बाहाम्फेको संयोजकत्वमा ५ सय १ सदस्यिय मुल समारोह समिति गठन गरेको छ भने पशुपती शमशेर पक्षको राप्रपाले अर्कै समिति गठन गरेको छ ।
पशुपति नेतृत्वको राप्रपाले भने फिदिम ४ का पुर्व वडा सदस्य नरवहादुर लावती संयोजक रहेको सुम्जिरि सुम्हात्लुङका नाममा पुर्व राजाको भ्रमणका लागि स्वागत समिति बनाएको हो । उक्त समितिमा राप्रपा संयुक्तका नेताहरु भने पर्दा पछाडी बसेका छन । जवकि पुर्व राजाको पाँचथर भ्रमणका लागि राप्रपा संयुक्तका नेता सगुनसुन्दर लावती र मदन पोखरेल लगायतले पहल गरेका हुन । राजाको धार्मिक भ्रमण भएकाले लावती नेतृत्वकै समिति आधिकारीक हुने पोखरेलले वताए ।
“भेटघाट तथा स्वागतको संयोजक र मन्दिर दर्शनको संयोजकमा कुरो नमिले पछि दुइवटा समिति गठन भएको थापा पक्षधर एक नेताले बनाए ।”
“पार्टीको कार्यक्रम नभएको र मन्दिर मा आउने भएकाले त्यही अनुरुप छलफल भएर आफ्नो समिति बनेको हो तर अरुले कहाँ के गरो भन्ने बिषय आफुलाइ जानकारी नभएको पशुपती पक्षधर राप्रपाका नेताको तर्क छ ।” यसरी दुईपक्षविच भएको द्वन्दले पुर्व राजाको भ्रमण प्रभावित हुने संकेत देखिएको छ ।