फिचर

पाँचथरमा तीन स्रष्टालाई पुरस्कार, दुइवटा पुस्तक लोकार्पण

पाँचथर : यमुनादेवी बैजनाथ भट्टराई स्मृति पुरस्कार प्रतिष्ठानले ३ जना स्रष्टालाई सम्मान सहित पुरस्कृत गरेको छ । विभिन्न विधामा कलम चलाएर नेपाली साहित्यको उन्नयनमा टेवा पु¥याएको भन्दै प्रतिष्ठानले पाँचथरका भवानी तावा र प्रेम ओझा सहित्य झापाका तेजप्रसाद सिटौलालाई सम्मान सहित पुरस्कार प्रदान गरेको हो ।
आज फिदिममा आयोजित एक समारोहमा पुर्व मन्त्री श्रीप्रसाद जवेगू सहित सस्थापक परिवारले उहाँहरुलाई कदर पत्र,दोसल्ला र पुरस्कार प्रदान गर्नुभएको थियो ।
पुरस्कार ताप्लेजुङ ढुंगेसाँघुका बैजनाथ भट्टराई र यमुनादेवी भट्टराईका छोरी ज्वाईले स्थापना गरेका हुन ।
सोहि कार्यक्रममा गोविन्द बि चाँपागाईको साधना सँगको सम्वन्ध कबिता संग्रह र गोपाल संग्रौलाको तपस्वीनी योगमाया महाकाव्य समेत लोकापर्ण गरिएको छ । प्रतिष्ठानको आयोजनामा सम्पन्न स्रष्टा सम्मान तथा पुस्तक विमोचन कार्यक्रम पाँचथर गजल मञ्चको व्यवस्थापनमा सम्पन्न भएको हो । कार्यक्रमको अध्यक्षता पबित्रा प्रयत्नले गरेकी थिइन ।