मोफसल

पाँचथरका पत्रकारले गरे रक्तदान

पाँचथर : नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवसको सन्दर्भ पारेर आज फिदिममा रक्तदान गरिएको छ । महासंघको पाँचथर जिल्ला शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको हो । नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा पाँचथरको आकस्मिक रक्तसञ्चार केन्द्रमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति पाँथरका सदस्य कुशल राई,महासंघ पाँचथरका शाखा अध्यक्ष लवदेव ढुंगाना, सचिव तुलसी थापा,प्रदेश सदस्यहरु विपेन्द्र गौतम र गणेश साम्पाङसँगै पार्षद भकेन्द्र लावतीले रक्तदान गरेका थिए ।
२०१२ साल चैत १६ गते कृष्णप्रसाद भट्टराईको नेतृत्वमा स्थापना भएको महासंघले आज देशभर विभिन्न कार्यक्रम आयोजना गरेको छ ।
केन्द्रीय समिति,प्रदेश समिति,प्रतिष्ठान,एशोसिएट र जिल्ला साखाहरुले आ आफ्नो अनुकुलमा कार्यक्रम आयोजना गरेका हुन ।