कला साहित्य मोफसल

एसइइ सिंगिङ आइडलको तयारी


पाँचथर : १ नम्वर प्रदेशमा एसइइ आइडल नामक गायन प्रतियोतिा हुने भएको छ । फक्ताङलुङ मिडिया हाउसको आयोजनामा आइडल हुन लागेको हो । प्रतियोगितामा एसइइ दिएर बसेका विद्यार्थी सहभागी हुन पाउने आयोजकले जनाएको छ ।
छनौट प्रतियोगिता चैत तेस्रो साता ओखलढुंगावाट शुरु गर्ने आयोजक सस्थाका अध्यक्ष डम्बर तुम्बापोले जानकारी दिनुभयो ।
पहिलो पटक हुन लागेको प्रतियोगिताका विजेतलाइ नगद ५० हजार पुरस्कार सहित प्लस टु अध्ययनका लागि छात्रबृत्ती र एउटा गीत रेकर्ड गर्ने अवसर दिइने छ । यसैगरी फस्ट रनरअप लाई नद ३० हजार सहित प्लस टु अध्ययनका लागि ५० प्रतिस छुटमा छात्रवृत्ती तथा सेकेण्ड रनरअपले नगद २० हजार सहित विभिन्न किसिमका गिफ् ह्याम्पस प्राप्त गर्ने वताइएको छ । पहिलो चरणमा सवै जिल्लामा अडिसन सकिएपछि फाइनल भने धरानमा गरिने आयोजक सस्थाको भनाई छ ।
प्रतियोगिता पुर्वका विभिन्न कलेजहरुसँगको सहकार्यमा आयोजना हुन लागेको हो । प्रतियोगितामा भाग लिन अनिवार्य एसइइको प्रवेश पत्र पेश गर्नुपर्ने वताइएको छ । पाँचथरका लागि वरदान संगीतालयमा भारम भर्न पाइने पनि आयोजकले जनाएको छ ।