फिचर

बिरामी उपचार गरेर निको पार्ने डाक्टर स्वयमले श्रीमती कुटेर मारे


पाँचथर : डाक्टरको कुटाईबाट घाइते भएकी सुनिता यादवको उपचारका क्रममा शुक्रबार निधन भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत डा।सचितानन्द यादवले जेठी पत्नी सुनितालाई कुटपिट गरी घाइते बनाएका थिए ।

काठमाडौं स्थित टिचिङ अस्पतालमा उपचारकै क्रममा सुनिताको निधन भएको उनका आफन्त जयप्रकाश यादवले बताए । ‘पाँच दिनदेखि काठमाडौंमा उपचार हुँदै थियो,’ उनले भने, ‘आज सवा ५ बजे निधन भयो ।’

गत ११ चैतमा कुटपिटबाट घाइते सुनितालाई वीरगन्जको गण्डक अस्पतालमा उपचार गरी थप उपचारका लागि काठमाडौं रिफर गरिएको थियो । कुटपिटपछि उनको मानसिक अवस्था नाजुक थियो । १५ वर्ष पहिले वीरगन्ज महानगरपालिका–२० हरपतगन्ज निवासी यादवले बाराको परवानीपुर गाउँपालिका–५ बहुवरी निवासी सुनितासँग मागी विवाह गरेका थिए ।

विवाहको दुई वर्षपछि नै सुनिताबाट सन्तान नभएको भन्दै जयप्रकाशले भारतको रक्सोल जगुवलियाकी एक युवतीसँग विवाह गरेका थिए । त्यसयता नै उनले सुनितालाई मानसिक र शारीरिक यातना दिँदै आएको माइती पक्षको भनाई छ ।

श्रीमती कुट्ने डाक्टर अस्पतालमा भर्ना

पत्नी कुटेको अभियोगमा पक्राउ परेका डाक्टर यादवको नारायणी अस्पतालमा उपचार गराइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । प्रहरी हिरासतमा रहेका उनको स्वास्थ्य अवस्था बिग्रेकाले नारायणी अस्पतालमा उपचारार्थ लगिएको उनले बताए ।

पर्सा जिल्ला अदालतले डा। यादवलाई अुनसन्धानका लागि थुनामा राख्न पहिलो पटक तीन दिन र दोश्रो पटक सात दिनको म्याद दिएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए ।

स्राेत नया पत्रिका दैनिक

रेडियो मितेरी Live

नेपाल