फिचर

अभिनेता आयुष्मान र अभिनेत्री प्रियंकाको बिहे

abhineta

पाँचथर अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको बिहे देख्नुभएको छ ..पक्कै छैन होला । प्रियंका र आयुष्मान जोडी भएको त पक्कै सुन्नु भएकै छ । औपचारिक बिहेको टुंगो नलाग्दै प्रियंका र आयुष्मानको चर्चित जोडीको बिहे पर्दामा उतारिएको छ । अर्थात् गायक सरोज ओली र मेलिना राईको ूअर्को जुनी खै कुन्नी।।।ू गीतमा उनीहरुको बिहेका दृश्यहरु देख्न सकिन्छ ।
वैवाहिक कार्यका विविध दृश्यहरु म्युजिक भिडियोमा समेटिएको छ । मेहन्दी, हल्दीदेखि विवाह मण्डपदेखि प्रियंका लाई डोलीमा चढाएर लगिएका दृश्य म्यूजिक भिडियोमा छ । दिनेश थपलियाको शब्द र दीपक शर्माको संगीत रहेको गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका छन् । कविराज गहतराजको निर्देशन रहेको म्युजिक भिडियोको छायांकन सञ्जय लामा, सम्पादन सन्देश शाह, मिक्सिङ श्याम स्वेत रसाइली र कलर संयोजन रेनिस फागोले गरेका हुन् ।
फिल्ममा प्रयोग हुने प्रविधिबाट पार्क भिलेज रिसोर्ट, काठमाडौं गेस्ट हाउस लगायतका स्थानमा म्युजिक भिडियो छायांकन गरिएको हो ।