फिचर

फिदिम नगरका जनप्रतिनिधिकै नेतृत्वमा हुलहुज्जत भएको पाँचथर उद्योग बाणिज्य संघको आरोप

पाँचथर : फिदिम नगरपालिकाले राजमार्ग क्षेत्रमा रोकेर राखेका सवारी साधनवाट समेत पार्किङ शुल्क उठाउनका साथै सवारी साधनवाट गैर कानूनी ढंगबाट पटके कर उठाँउदै आएको संघको आरोप छ । जनप्रतिनिधिकै उपस्थितिमा भएको हुल हुज्जतले वजार र पल्लोटारका नागरिक विच द्वन्दको सिर्जना गर्नुका साथै ग्रामिण क्षेत्रमा लोड अनलोड गरेर जाने यातायात र ढुवानी साधन सँगै तिनका यात्रु मारमा परेको व्यवसायकीको गुनासो आइरहेकाले समस्या समाधानका लागि पहल गर्न भनिएको संघका अध्यक्ष दिकक नेपालको भनाई थियोे ।
अध्यक्ष दिपक नेपाल र महासचिव नवराज घिमिरेद्वारा हस्ताक्षरित बिज्ञप्तीमा ३ दिनभित्रमा नगरपालिकाले यातायात व्यवस्थापनका नाममा भइरहेको समस्या समाधान गरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।