फिचर

परिक्षा अगावै बिज्ञान विषयको प्रश्नपत्र बाहिरियो

wee Students

पाँचथर : माध्यमिक शिक्षा परिक्षा (एसईइ) अन्तरगत बिहिवार बिज्ञान बिषयको प्रश्नपत्र परिक्षा अगावै सप्तरीमा वाहिरिएको खुलेको छ । बिहिवार बिहान ८ वजेदेखी तोकिएको बिज्ञानको प्रश्नपत्र परिक्षा सुरु हुनु भन्दा अगावै वाहिरिएको पुष्टी भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरन्द्र पौडेलले जानकारी दिए । अहिले राजविराजमा बसेको जिल्ला परिक्षा सबन्मय समितीको बैठकले बिहिवारको बिज्ञान बिषयको प्रशन पत्र परिक्षा अगावै वाििहरएको पुष्टी गर्दे बिज्ञान बिषयको परिक्षा रद्ध गर्न समबन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको समितीका संयोजक समेत रहेका प्रजिअ पौडेलले बताए । उनले प्रश्न पत्र कसरी बाहिरियो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको जानकारी दिए । प्रदेश नम्बर २ को सामाजिक बिकास मन्त्रालय अन्तरगतको शिक्षा बिकास निर्देसनालयका निर्देसक रामाकान्त शर्माले एउटा जिल्लामा प्रशनपत्र परिक्षा अगावै बाहिरिए पुरै प्रदेशकै बिज्ञान बिषयको परिक्षा रद्ध हुने बताए । यद्धपी त्यसको निर्णय परिक्षा नियन्त्रण कार्यालयले गर्ने उनले बताए ।