मोफसल

युवतीलाई जवरजस्ती करणी गर्ने अधबैंशे प्रहरी हिरासतमा

pakrau.

पाँचथर :झापाको कमल गाउँपालिका(समयगढ भन्ने स्थनबाट प्रहरीले जवरजस्ती करणी गरेको आरोपमा १ जनालाई पक्राउ गरेको छ । करणी गरेको आरोपमा प्रहरीले मंगलवार राती ८ बजे सोही स्थान बस्ने बर्ष ४२ को शम्शेर तामाङलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । तामाङले २० बर्षीय युवतीलाई घर नजिकै रहेको मकैवारीमा लगेर जवरजस्ती करणी गरेको भनि युवतीको बावुले दिएको उजुरीको आधारमा पक्राउ गरिएको हो । पक्राउ परेका तामाङलाई इलाका प्रहरी कार्यालय दमकमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।