फिचर

यस्तो छ फिदिममा खानेपानी समस्या समाधानका लागि कस्ले पहल गर्ने ?

पाँचथर : पाँचथरको सदरमुकाम फिदिमका उपभोक्ता एकसातादेखि खानेपानीको अभाव खेपिरहेका छन ।
करिब ४५ किलोमिटर टाढाबाट ल्याइएको खानेपानीको पाइप फुटेर गाह«ो भत्केको भन्दै खानेपानी डिभिजन कार्यालय र फिदिम खानेपानी तथा सरसफाई उपभोक्ता समितिले पानी बितरण नगर्दा यहाँका उपभोक्ताले पानीको अभाब खेप्नु परेको हो ।
दैनिक एकलाख लिटर पानी खपत हुने यस स्थानमा सातायता पानी नआँउदा रहेको फिदिम नगरपालिकाको १ नम्बर वडासँगै २ र ४ नम्बर वडाका उपभोक्ता अधिक प्रभावित भएका छन ।
ग्रामिण भन्दापनि बजार क्षेत्रका उपभोक्ता धेरै प्रभावित भएको पाइएको छ । घर घरमा जडान गरिएका धारामा एकसातादेखि पानी नआएपछि स्थानीय बजार नजिकैका रहेका मुुहान र सार्वजनिक धारामा पानी थाप्न पुग्ने गरेका छन । यस्ता धारामा बिहान उज्यालो नहुँदै भीड लाग्ने गरेकाले घण्टौं लागम लागेर मात्रै पालो पाँउने गरेको फिदिम १ की स्मिता तुम्बापो बताँउछिन ।
खडेरी शुरु हुनै लाग्दा पानी बन्द भएपछि स्थानीलाई पीउन,लत्ताकपडा धुन र गाई वस्तुलाई खुवाउन थप समस्या भएको छ ।डिभिजन खानेपानी कार्यालय मार्पmत फिदिम क्षेत्रमा उपभोक्तालाई पानी वितरण गर्ने जिम्वेवारी पाएको फिदिम खानेपानी सरसफाई उपभोक्ता समितिले फुटेको पाइपबाट गएको पानीले बगाएको गाह«ो मर्मत भइरहेको भनेपनि कहिले काम सम्पन्न हुन्छ भनेर बताउन सकेको छैन ।
समितिले आज सम्ममा पानी सुचारु हुने वताएको थियो यद्धपी पुनः लगाइएको गाह«ो पहिरोले भत्काएपछि मर्मत गर्न थप समय लाग्ने उपभोक्ता समिति अध्यक्ष गजाधर भट्टराईको भनाई छ । गाह«ो मर्मतका लागि २० जना मजदुर खटाइएपनि कहिले सम्पन्न हुन्छ भन्ने यकिन गर्न नसकिएको पनि भट्टराईको भनाई छ ।
सदरमुकामका चोक चोकमा पाँचथर उद्योग वाणिज्य संघले वितरण गरेको स्वच्छ पिउने पानी सहित नजिकैका मुहानमा गाग्रीका लाइन लगभग एककिलोमिटर टाढासम्म हुने गरेका छन ।
खानेपानी समस्याले आजित सर्वसाधारणले बैकल्पिक व्यवस्था गरेर भएपनि उपभोक्ता समितिले पानीको व्यवस्था गर्नुपर्ने आवाज उठाउन थालेका छन । पानी नआएसम्म नगरपालिकाको दमकल मार्फत पानी ल्याएर वितरण गर्न समेत माग हुन थालेको छ ।

error: Content is protected !!