रोचक ! समाज

पाँचथरमा बिहानैदेखि जम्यो होली


पाँचथर : पुर्वी पहाडी जिल्ला पाँचथरमा वुधवार विहानैदेखि होली पर्वको रौनकता छाएको छ । विहानैदेखि सदरमुकाम फिदिम सहित जिल्लाका विभिन्न वजारमा होली पर्वको रौनकतामा स्थानीय रंगिन बन्न थालेका छन ।


सदरमुकाम फिदिमका विहानै कर्मचारी मिलन केन्द्रको आयोजनामा सुरक्षा निकाय,प्रशासनिक अड्डा र उद्योगी व्यवसायीले संयुक्त रुपमा होली खेलेका छन । दिँउसो विभिन्न चौकमा पाँचथरे युवा समाजले होली विशेष ¥याली आयोजना हुने भएको । सयौं युवा युवती सहभागी ¥यालीमा रङ एक आपसमा रङ दलेर युवा पुस्ताले शुभ कामना आदान प्रदान गर्नुका साथै गीत र संगितमा रमाउने कार्यक्रम पनि तय भएको छ ।
होलीको रङमा युवा पुस्ता मात्रै नभएर किशोर किशोरी र वृृद्ववृद्वासम्मको उत्साहजनक सहभागिता छ ।