खेलकुद

क्रिस्टियानो रोनाल्डो कारवाहीमा पर्ने

ईटालीयन फुटबल क्लब युभेन्टस्का फरवार्ड क्रिस्टियानो रोनाल्डो कारवाहीमा पर्ने भएका छन् ।गोलको खुसीयाली मनाउने क्रममा अनुचित व्यवहार गरेको भन्दै युरोपेली फुटबल महासंघ युएफाले रोनाल्डोलाई कारबाही गर्ने भएको हो ।

रोनाल्डोले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को दोस्रो लेगको खेलमा एट्लेटिको मड्रिडविरुद्व ह्याट्रिक गरेपछि गोलको खुसीयाली मनाएका थिए ।३४ बर्षीय पोर्चुगिज खेलाडी रोनाल्डोले एट्लेटिकोका प्रशिक्षक डिएगो सिमोनको नक्कल गरेका थिए ।

पहिलो लेगको खेलमा २–० को जित निकाल्ने क्रममा एथ्लेटिको प्रशिक्षक सिमोनले पनि दर्शकहरुलाई खराब संकेत गरेका थिए ।

युएफाले यही मार्च २१ मा बस्ने बैठकमा रोनाल्डोको बिषयमा निर्णय गर्नेछ ।यसअघि युएफाले सिमोनलाई पनि २० हजार युरोको जरिवाना गराएको थियो ।

स्रोत इमेज खबर