फिचर

पहाडी बस्तीका लागि जोखिम बन्दै डढेलो, २ दिनमा ९ घर जले

पाँचथर :जंगलमा पसेको डढेलो बस्तीमा पस्दा पाँचथर र तेह«थुममा मात्रै शनिवार एकै दिन ९ घर जलेका छन । यो सँगै पहाडी क्षेत्रका लागि जंगलमा लागेको डढेलो बस्तीका लागि जोखिम बन्दै आएको छ । प्रायः बस्ती र खेतबारी नजिकै रहेका सामुदायिक र सरकारी जंगलमा स्थानीय आफैंले लगाएको डढेलो बस्तीका लागि जोखिम बन्ने गरेका हुन । शनिवार मात्रै पाँचथरको हिलिहाङ गाँउ पालिका बडा नम्वर ३ डाँडेमा भएको आगलागीमा ६ घर जल्दा करोडौं मुल्यको क्षति भयो । लगत्तै आइतवार बिहान छिमेकी जिल्ला तेह«थुमको लाली गुराँस नगरपालिका वडा नम्बर ६ को सालघारी जंगलमा लागेको डढेलो बस्तीमा पस्दा ३ वटा घर जलेका छन ।
मध्यान्ह १२ बजे भएको आगलागीमा स्थानीय सुकवहादुर लिम्बू,समिर लिम्बू र चन्द्र लिम्बूका घर जलेका हुन । तेह«थुमको आगलागीमा ९ लाख बरावरको क्षति भएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
अघिल्लो दिन जंगलमा लागेको डढेलो बस्तीमा पस्दा पाँचथरको हिलिहाङ गाँउ पालिका वडा नम्वर ३ डाँडेमा ६ घर जलेका थिए ।
दिँउसो १ वजेतिर स्थानीय रमिते जंगलबाट बस्तीमा पसेको डढेलो नियन्त्रण बाहिर जाँदा स्थानीय मनप्रसाद पालुङवा,हर्कवहादुर पालुङवा,राजकुमार पालुङवा,बेदमाया पौडेल,डक्बरबहादुर पालुङवा र धनप्रसाद पालुङवाका घर ध्वस्त भएका हुन ।
यो समय स्थानीयले घाँस उमार्ने वा वालीनाली सपार्ने लोभमा वस्ती नजिकैका जंगलमा डढेलो लगाउने गरेका छन ।यस्तो डढेलोले वस्तीमा पसेर क्षति गर्दा हुने प्रभावको मुल्यांकन नै नगरी डढेलो लगाउनेहरुलाई कार्बाहि नहुँदा पनि यस्ता घट्ना दोहोरिने गरेको पीडितहरु बताँउछन ।
यसअघि पनि पाँचथर,ताप्लेजुङ,इलाम र तेह«थुम सहित पुर्वका अधिकांस जिल्लामा डढेलोले वस्तीमा पसेर क्षति गरेका उदाहरण प्रसस्तै छन ।

error: Content is protected !!