फिचर

पाँचथरका महिलामा आङ खस्ने समस्या अधिक

यासाेक पाँचथर : पाँचथरको कुम्मायक गाँउ पालिका केन्द्र यासोकमा दुईदिने स्वास्थ शिविर सम्पन्न भएको छ । आँखा र पाठेघर खस्ने समस्या भएका महिलाको स्वास्थजाँच गर्ने उदेस्यले आयोजना भएको शिविरमा ९ सय सर्वसाधारणको स्वास्थ परिक्षण भएको छ ।
शिविरमा ६ सय ७० जनाको आँखा जाँच गर्नुका साथै २ सय ५० लाई चश्मा वितरण गरिएको छ । यस्तै २ सय ७२ जना पाठेघर खस्ने समस्या भएका महिलाहरुको परिक्षण गरिएकोमा २० जनालाई रिङ राखिएको स्वास्थकर्मी लक्ष्मी श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार अधिकांश बिरामीको पाठेघर खस्नुका साथै संक्रमण देखिएको छ । कलिलै उमेरमा बिहेर बच्चा जन्माउने, सुत्केरी अवस्थामा गहुंगो सामान उचाल्ने र ठुलो भारी बोक्नुका साथै छिटो छिटो बच्चा जन्माउने महिलामा पनि आङ खस्ने समस्या देखिएको छ । आङ खस्ने समस्या प्रायः ३० देखि ८० वर्ष उमेरका महिलामा देखिएको बताइएको छ । शिविर कुम्मायक गाँउ पालिकाको आर्थिक सहयोगमा जन सेवा समाज पाँचथरले आयोजना गरेको समाजका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

रेडियो मितेरी Live

error: Content is protected !!