फिचर

पाँचथर आगलागी अपडेट :वस्तीको आगो नियन्त्रणमा आयो जंगलको नियन्त्रण बाहिरै

पाँचथर : जंगलमा लागेको डढेलो बस्तीमा पस्दा पाँचथरको हिलिहाङ गाँउ पालिका वडा नम्वर ३ डाँडेमा ६ घर जलेका छन ।
दिँउसो १ वजेतिर स्थानीय रमिते जंगलबाट बस्तीमा पसेको डढेलो नियन्त्रण बाहिर जाँदा स्थानीय मनप्रसाद पालुङवा,हर्कवहादुर पालुङवा,राजकुमार पालुङवा,बेदमाया पौडेल,डक्बरबहादुर पालुङवा र धनप्रसाद पालुङवाका नजिकैको साम्रे जंगलमा दिँउसो १२ वजे डढेलो लागेकाले स्थानीय त्यो निभाउन व्यस्त रहेका वखत रमितेबाट निस्केको डढेलोले यत्तिको क्षति पु¥याएको हिलिहाङ ३ का वडाध्यक्ष मदन गौतमले जानकारी दिनुभयो ।
गौतमका अनुसार प्रहरी र स्थानीयले वस्तीको डढेलो निभाएपनि जंगलको आगो नियन्त्रण बाहिर छ ।
आगो नियन्त्रणका लागि ससस्त्र र जनपथ प्रहरीसँगै नेपाली सेनालाई त्यसतर्फ पठाइएको पाँचथरका प्रमूख जिल्ला अधिकारी मुरारी वस्तीले जानकारी दिनुभयो ।
आगलागीवाट भएको क्षतिको विवरण यकिन भएको छैन । यद्धपी ६ घरका करिब ४० जना सदस्य घरवार विहिन भएका छन ।