फिचर

पाँचथरमा भिषण आगलागी आगो अझै नियन्त्रण बाहीर


पाँचथर ०२ चैत्र
जिल्लाको हिलिहाङ गाउँपालिका ३ स्थित डाँडेमा आज दिउसो आगलागी भएको छ । स्थानीय रमिते भिरबाट सुरु भएको आगो बस्तीमा प्रवेश गर्दा ८ वटा घर जलेर नष्ट भैसकेको छन् भने आगो अझै नियन्त्रण बाहिर रहेको जानकारी प्राप्त भएको छ । स्थानीय मन प्रसाद पालुङवा, हर्क बहादुर पालुङवा, डम्बर बहादुर पालुङवा, धन प्रसाद पालुङवा, राजकुमार पालुङवा, वेदमाया पौडेल, टिकाराम घिमिरेको घर जलेर नस्ट भएको वडा सदस्य धनबहादुर पालुङवाले जानकारी दिनुभयो ।

घटना स्थलमा भर्खरै जोरपोखरी बाट नेपाली सेनाको टोली पुगेको जानकारी प्राप्त भएको छ । स्थानीय अमुपुर चौकी बाट नेपाल प्रहरी जिल्ला बाट थप नेपाल प्रहरी र शसस्त्रको टोली समेत द्धटना स्थलतर्फ परिचालित भैसकोको जानकारी प्राप्त भएको छ । आगलागी नियन्त्रण भन्दा बाहिरै रहेकोले प्रारम्भिक क्षतीको अनुमान समेत गर्न सकिएको छैन् । अन्य विवरण आउन बाँकी रहेको छ । सदरमुकाम भन्दा झण्डै ३८ किलोमिटर टाढा रहेको गाउँमा आगलागी भएको हो ।

रेडियो मितेरी Live