खेलकुद

माल्दिभ्सलाई हराउँदै श्रीलंका सेमीफाइनलमा

पाँचथर

महिला साफ च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको खेलमा श्रीलंकाले माल्दिभ्सलाई हराउँदै प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ । शहिद रंगशालामा चलानी कुमारी एकानाएकेले दुवै हाफमा १-१ गोल गरेपछि श्रीलंका २-० ले विजयी भयो ।

पहिलो हाफको ४ मिनेट समय बाँकी रहँदा श्रीलंकाले अग्रता लिएको थियो । कप्तान एरान्दी लियानागेको फ्रिकिकमा चलानी कुमारीले गोल गर्दै खेलमा श्रीलंकालाई अगाडी बढाएकी थिइन् । दोस्रो हाफको ५० औं मिनेटमा अचाला संजीवनीको पासमा चलानीकुमारीले उत्कृष्ट फिनिस गर्दै श्रीलंकाको अग्रता दोब्बर पारिन् । थप समयमा गोल हुन नसक्दा श्रीलंका विजयी रहयो ।

श्रीलंकाको जितसँगै भारत पनि समूह ‘बी’ बाट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । माल्दिभ्स भने समूह चरणबाट नै बाहिरिएको छ । समूह विजेताको छनोट हुन आइतबार भारत र श्रीलंका खेल्नेछन् । यसअघि समूहको पहिलो खेलमा भारतले माल्दिभ्सलाई ६-० ले पराजित गरेको थियो ।

हाम्रो खेलकुद