फिचर

पाँचथरका सवारी चालक र सह चालकका लागि अनिवार्य पोशाक

पाँचथर
पाँचथरवाट छोटो र लामो दुरीका लागि सञ्चालन हुने चारपांग्रे साधनका चालक र सह चालकलाई पोषाक अनिवार्य गरिएको छ ।


शुक्रवार जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरले सवारी चालक र सह चालकका लागि पोशाक कार्यन्वयन तथा दुर्घट्ना न्युनिकरण सम्वन्धि १५ दिने सचेतना मुलक अभियानको घोषणासँगै चालक र सह चालकका लागि पोषाक अनिवार्य गरिएको हो ।


प्रदेश सरकारको निर्णय अनुसार चालकका लागि सेतो पेटीमा पँहेलो र सह चालकका लागि सेतै पेटिमा हरियो देखिने हल्का ज्याकेट तोकिएको छ ।
शुक्रवार पोषाक कार्यन्वयनको सुभारम्भ गर्दै चालक र सह चालकलाई १०–१० थान ज्याकेट पनि वितरण गरियो ।
सवारी चालक सह चालक र यात्रुको पहिचानका लागि पोशाक कार्यन्वयन गर्ने संघीय र प्रदेश सरकारको निर्णय अनुसार पाँचथरबाट लामो र छोटो दुरीका लागि छुट्ने चारपांग्रे सवारी साधनमा यो नियम कार्यन्वयन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमूख जनक तिम्सिनाले जानकारी दिनुभयो ।
कार्यक्रम सुभारम्भ गर्दै प्रमूख जिल्ला अधिकारी मुरारी वस्ती,फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्वाङ र जिल्ला समन्वय समिति पाँचथरका प्रमूख विष्णुप्रसाद सापकोटाले पोशाकले चालक र सह चालकलाई थप जिम्वेवार वन्न प्रेरित गर्ने प्रसंग कोट्याएका थिए ।
कार्यक्रमको सुभारम्भ पुर्व फिदिम नगरपालिकामा ¥याली निकालिएको थियो ।

error: Content is protected !!