मोफसल

एकाबिहानै जलविद्युत आयोजनाको गाडी पल्टियो २ को मृत्यू १५ घाइते

पाँचथर : दोलखाको लामाबगरमा माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको मजदुर चढेको गाडी दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १५ जना गम्भीर घाइते भएका छन् भने ५ जना सामान्य रहेको छ ।

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको मुख्य ठेकेदार कम्पनी सिनो हाईड्रोको ब्युरो(११ ले भाडामा प्रयोग गरेको बा ४ ख ४५७३ नम्बरको बस विगु गाउँपालिका(१, लामाबगरको नयाँबाटोमा शुक्रबार बिहान करिब ७ बजे दुर्घटना हुँदा २ जनाको मृत्यु भएको दोलखाका प्रहरी प्रमुख डीएसपी बासुदेव पाठकले जानकारी दिए । मृतकको सनाखत हुन सकेको छैन ।