फिचर

लुट्न सके लुट भन्ने पशुपति शर्माको गीतलाई चुनौती दिँदै नेकपाले सार्वजनिक गर्र्यो लुट्नु हुन्न देश बोलको अर्को गीत

पाँचथर : केही समयअघि इन्टरनेटमा भाइरल भएको गायक पशुपति शर्माको गीत ुलुट्न सके लुट् कान्छाु लाई च्यालेन्ज गर्दै सत्तारुढ नेकपासम्बद्ध गायकले गीत निकालेका छन्।

ुलुट्नुहुन्न देश कान्छा लुट्नु हुन्न देशु बोल रहेको गीत बिहीबार नेकपा कार्यालय ९पूर्व माओवादी केन्द्र मुख्यालय० मा आयोजित एक कार्यक्रममा गाइएको छ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेतालाई मञ्चमा राखेर कलाकारले गीत गाएका थिए।

पशुपति शर्माले देशका बेथितिलाई लक्ष गरेर निकालेको गीत नेकपाकै युवा संघ लगायतको तीब्र विरोधपछि उनले युट्युबबाट हटाएका थिए। उनले हटाए पनि गीत डाउनलोड गरेर सयौँ अकाउन्टहरूमा पुनः अपलोड भइसकेको थियो।

पेरिसडाँडामा आयोजित ुसहिद तथा बेपत्ता परिवार अभिनन्दन कार्यक्रमु मा यो गीट्ट घन्किँदा सहिद परिवारका सदस्यहरू नाचेका थिए।