खेलकुद

माइभ्याली गोल्डपमा आज क्यामरुनी टोली दाफिन्स फुटबल क्लबले विभागीय टिम एपीएफको सामना गर्दै

पुर्वी नेपालको प्रतिष्ठित अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डपको पाँचौँ संस्करणको खेलमा आज क्यामरुनी टोली दाफिन्स फुटबल क्लबले विभागीय टिम एपीएफको सामना गर्दै छ ।

यसअघि २ पटक एपिएफ र दाफिन्स आमनेसामने भएका थिए । जस्मा दुवै खेल दाफिन्सले आफ्नो पक्षमा पारेको छ ।

माईभ्याली गोल्डकप स् एपीएफविरुद्ध अपराजित यात्रा कायम राख्ने दाउमा दाफिन्स
विनय तिम्सीना
इलाम । पुर्वी नेपालको प्रतिष्ठित अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डपको पाँचौँ संस्करणको खेलमा आज क्यामरुनी टोली दाफिन्स फुटबल क्लबले विभागीय टिम एपीएफको सामना गर्दै छ ।

यसअघि २ पटक एपिएफ र दाफिन्स आमनेसामने भएका थिए । जस्मा दुवै खेल दाफिन्सले आफ्नो पक्षमा पारेको छ ।

पोखरामा सम्पन्न मनकामना केबलकार कपमा १–० गोल अन्तरले विजय हासिल गर्दै दाफिन्सले नेपाली घरेलु फुटबलमा पहिलो उपाधि हात पारेको थियो । त्यसको ३ दिन नवित्दै धरानमा सम्पन्न २१ औ बुढासुव्वा गोल्डकपको क्वाटरफाइनलमा २–० ले एपिएफ पराजित बन्यो ।

दाफिन्स झापा गोल्डकपको चौथो संस्करणमा विभागीय टिम त्रिभुवन आर्मीसंग सेमीफाइलनमा पराजित बनेको थियो ।

इलाममा जित निकाल्दै एपिएफ २ पटकको पराजयको हारको पिडा बिर्सन चाहन्छ भने पाहुना टोली दाफिन्सभने आफ्नो एपिएफ विरुद्धको अपराजित यात्रालाई कायम राख्न कसरत गर्नेछ ।

यसै वर्षबाट नेपालको घरेलु फुटबलमा सहभागिता जनाएको दाफिन्स टिमको माईभ्याली गोल्डकप सिजनको आठौँ सहभागीता हो ।

दाफिन्सले पोखरा कप, तिलोत्तमा गोल्डकप, बुढासुव्वा गोल्डकपमा उपाधी आफनो पक्षमा पारेको थियो ।

शहिद स्मारक लिगमा कमजोर प्रर्दशन गरेको विभागीय टिम एपीएफको गोल्डकप प्रतियोगिताको प्रदर्शन पनि सन्तोषजनक भने छैन । एपीएफले जारी सिजनमा कुनै पनि गोल्डकप जित्न सकेको छैन ।