मोफसल

लिम्वुवान युवा मञ्च याङ्वरकको अधिबेशन आयोजक समिती

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,संघीय लिम्बुवान मञ्च नेपालको जनवर्गीय संगठन संघीय युवा मञ्चको याङ्वरक गाउँपालिकामा भीम लिङ्देनको संयोजकत्वमा ११ सदस्यीय अधिबेशन आयोजक समिती गठन भएको छ ।

सह संयोजकमा नबिन काम्बाङ,सदस्यसचिव ( धनेन्द्र इम्बुङ,सदस्यहरु सागर बेघा,चन्द्र बेघा,सेसेहाङ योङ्या,पवन योङ्हाङ,सन्दिप योङ्हाङ,सर्ण इजम,सागर योङ्हाङ र चन्द्रप्रकाश योङ्हाङ रहेका छन । बुधबार थर्पु बजारमा सम्पन्न भेलाले उक्त समिति गठन गरेको हो । भेलामा संघीय लिम्बुवान मञ्च नेपालका जिल्ला अध्यक्ष सागर केरुङ,उपाध्यक्ष तथा याङवरक इन्चार्ज हर्कजङ लिङ्देन,जिल्ला हिलिहाङ इन्चार्ज राजेन्द्र सिगु,फालेलुङ इन्चार्ज नुनाम सुबास केरुङ,निर्वाचन क्षेत्र नं १ अध्यक्ष सर्ण लक्सम,याङ्वरक अध्यन नरेश काम्बाङ,युवा मञ्च जिल्ला अधिबेशन आयोजक समिती अर्थ संयोजक रामचन्द्र नेम्बाङ लगायतका नेताहरुको उपस्थितिमा सम्पन्न भएको हो । युवा मञ्च को जिल्ला अधिबेशन आगामी २०७६ साल बैशाख ८ र ९ गते सम्पन्न गर्ने अर्थ संयोजक नेम्बाङले बताए ।