मोफसल

बलात्कार गर्न खोज्दा जेल

पाँचथर :२३ वर्षीया युवतीलाई बलात्कारको प्रयास गरेको कसुर ठहरिएका युवालाई जिल्ला अदालत उदयपुरले सोमबार ३ वर्ष ६ महिना जेल सजाय तोकेको छ ।

न्यायाधीश तिर्थराज केसीको इजलासले बलात्कारको प्रयास गरेको कसुरमा लिम्चुङबुङ गाउँपालिका–२ ताम्लिछाका २८ वर्षीय राजकुमार मोतेलाई यस्तो फैसला सुनाएको हो ।

मोतेलाई यसअघि अदालतले फागुन १५ गते बलात्कारको प्रयास गरेको कसुर ठहर गरी सजाय निर्धारणका लागि पुनः पेस गर्न आदेश दिएको थियो ।

न्यायाधीशको आदेशअनुसार उनलाई सोमबार सजाय निर्धारणका लागि पुनः पेसी तोकिएको थियो । २०७५ भदौ १ गतेदेखि जारी भएको नयाँ कानुनले सजाय तोक्नुअघि कसुर गरेको हो हैन भन्ने विषयमा न्यायाधीशले ठहर गर्नु पर्ने व्यवस्था छ ।

२०७५ कात्तिक २८ गते मोतेले बलात्कारको प्रयास गरेको भन्दै पीडित पक्षले मंसिर २ गते जिल्ला प्रहरी कार्यालय बोक्सेमा जाहेरी दिएका थिए । मंसिर २ गते पक्राउ परेका मोतेलाई अदालतले मंसिर २७ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।