फिचर

बुढेसकालमा आँखा देखेपछि हर्षित


पाँचथर : दुबै आँखा नदेख्ने पाँचथर हिलिहाङ १ की ८१ वर्षीय भगिरथा कार्की सोमवार मोतिया बिन्दुको अप्रेस पछि ठमठमी हिँडेर घर फर्किइन । यस्तै याङवरक ५ बाट आँखाको उपचारका लागि ल्याइएका ८८ वर्षीय अखिलप्रसाद लक्सम पनि आँखा देख्न थालेपछि हर्षित भएर फर्किए । पाँचथरको हिलिहाङ गाँउ पालिका स्थित प्राथमिक स्वास्थ केन्द्र गोपेटारमा शनिवारदेखि सोमवारसम्म आयोजना भएको निःशुल्क आँखा उपचार शिविरमा भगिरथा र अखिलप्रसाद लक्समसँगै ३० जना बिरामीलाई मोतियाबिन्दुको अप्रेसन गरेर फर्काइएको छ ।
आँखा शिविर हिलिहाँ गाँउ पालिकाको सहयोगमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाँचथरले मेची आखा अस्पताल विर्तामोड झापाको प्राविधिक सहयोगमा निशुल्क आँखा शिविर सञ्चालन गरेको हो ।
शिविरमा ७ सय ७४ जनाको आँखा जाँच गरिएकोमा ३० जनाको अप्रेसन गर्नका साथै २ सय २ जनालाई चश्मा वितरण गरिएको नेपाल आयोजक रेडक्रस पाँचथरका कार्यक्रम संयोजक गुरुप्रसाद तिम्सिनाले जानकारी दिए ।
तिम्सिनाका अनुसार शिविरमा पाथिभरा हेल्थ केयर अस्पतालसँगको सहकार्यमा दाँतको पनि जाँच गरिएको थियो । जस्मा २ सय २६ जनाको दन्त परिक्षण गर्नका सौ १ सय
९६ जनाको दाँत खोलेर निःशुल्क औषधी वितरण गरिएको पनि तिम्सिनाले बताए ।
शिविरमा निःशुल्क मोतियाबिन्दुको अप्रेसन गरिएपछि फालेलुङ १ की ८८ वर्षीय लक्ष्मी सेर्पाले नयाँ जीवन पाएको अनुभव सुनानइन । दशवर्षअदिेखि आँखा धमिलो हुन थालेर २ वर्षयता लगभग बन्द भएको बताँउने उनले अप्रेसनमा सहभागी डाक्टरहरुलाई धन्यबाद पनि दिइन ।
पछिल्लो पटक पाँचथर सहित पुर्बी पहाडी जिल्लामा सञ्चालन भइरहेका स्वास्थ शिविरमा अधिकांशमा आँखाको समस्या देखिने गरेको छ । शिविरमा आउनेमध्ये अधिकांश ४० वर्ष पार गरेका महिलामा मोतियाबिन्दुको समस्या छ । महिलाको तुलनामा पुरुषमा आँखाको समस्या केहि कम देखिएको स्वास्थकर्मीहरुको अनुभव छ ।भान्छामा हुने धुँवा र धुलोका कारण पनि महिलाहरुमा आँखाको समस्या धेरै देखिएको हुनसक्ने स्वास्थकर्मीको अनुमान छ ।