मोफसल राजनीति

प्रधानमन्त्री ओलीले भने सरकार जुनसुकै बेला ढल्नसक्छ

पाँचथर :रौतहट, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थिरताका कारण देश विकास सहज भएको बताउनुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश नम्बर २ कमिटीले आयोजना गरेको आमसभालाई आज रौतहटको गरुडास्थित इनर्वाहीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासका काम कुनै पनि कारणले रोकिन नसक्ने बताउनुभयो । “स्थिरता र बहुमत भएकाले देशलाई अगाडि बढाउन सक्छौं,” उहाँले भन्नुभयो, “एउटा प्रदेशमात्र होइन, सिंगै देश विकास गर्ने हो ।”
तराईको विकासका लागि ३ सय ५२ सय करोड रकम छुट्याएको प्रधानमन्त्रीले जानकारी दिनुभयो ।
संविधान बमोजिम संरचना निर्माण भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सबै तहले विकासलाई तीब्र प्राथमिकतामा राखेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले आमसभामा लाखौंको उपस्थितिले धेरै कुराको जवाफ दिएको बताउनुभयो । उहाँले एउटा चुनाव जित्दैमा धेरै फुर्तीफार्ती नगर्न राष्ट्रिय जनता पार्टीलाई आग्रह गर्नुभयो । नेकपाले चाहे दुईनम्वर प्रदेश सरकार जुनसुकैबेला ढल्ने चेतावनी उहाँको थियो ।
सीके राउत नेतृत्वको स्वतन्त्र मधेस अभियान नेपालको संविधान सार्वभौमसत्ता अक्षुण्तामा सहमत भएर देश निर्माण अभियानमा सहभागी भएकोमा प्रधानमन्त्रीले खुसी व्यक्त गर्नुभयो ।