राजनीति

सरकारका मन्त्री फेरवदलको चर्चा चुलिदो

बर्तमान सरकार गठनको भएको एक वर्षे समयावधीमा सन्तोस जनक काम नभएको भन्दै आलोचना भैरहेका बेला पुनः मन्त्रीमण्डल हेरफेरको चर्चा सुरु भएको छ ।

केपी शर्मा ओलीको नेतृतवमा गठन भएको सरकारले एक बर्षको अवधिमा पनि सन्तोष जनक काम गर्न नसकेको भन्दै प्रतिपक्षदल र सत्तारुढलका नेताहरुबाटै पनि सरकारको आलोचना भैरहेका बेला मन्त्रीहरु हेरफेरको बिषय चर्चामा आएको हो ।

यसअघि नेकपाका अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल बीचकोे भेटमा मन्त्रीहरु हेरफेरबारे कुराकानी भएको खबर प्रकासित भएका थिए । मन्त्रीमण्डल फेरबदलको खबर संगै केहि नेताहरुलाई मन्त्रीमण्डलमा सामेल गराइने दावी सहित खबर सञ्चार माध्याममा प्रकासित भएका छन् ।

पुर्व गृमन्त्रालयको जिम्मेवारी साम्हालि सकेका नेकपाका नेता जनार्दन शर्माको नाम पनि पुनः गृहमा जाने दावी सहित खबर सम्प्रेषण भएपनि उहाले भने ट्विट मार्फत खण्डन गर्नु भएको छ । सरकार बलियो हुन नसक्नुमा केही मन्त्रीहरुलाई समेत जिम्मेवार ठानिएको छ । जसकारण केही हप्तामै केही मन्त्री हेरफेर हुने कुराको चर्चा छ ।

मन्त्री फेर्नेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रुपमा नेकपाका अर्का अध्यक्ष प्रचण्डसँग प्रस्ताव राखिसकेको पनि बताइन्छ । तर यस बिषयमा पार्टी भित्र छलफल हुनुपर्ने नेताहरु बताउछन् । नेकपाका बरिष्ठ नेता झलनाथ खनालले यस बिषयमा पार्टीमा छलफल गर्नुपर्ने र त्यस पश्चात स्वभाविकरुपमा मन्त्रीहरु परिवर्तन गर्नु पर्ने आवश्यक्ता औल्याउनु भयो ।

मन्त्रीहरुको जिम्मेवारी फेरबदलको चर्चा चलिरहेको भएपनि सत्तारुढ नेकपा भने यतिखेर आन्तरिक बिवादमा रुमल्लिीएको छ । पार्टी एकताका बिषयलाई लिएर केहि नेताहरु नेतृत्वसंग असन्तुष्ट देखिएका छन् भने अर्को तिर सरकार पुर्नगठनको चर्चा छ । पार्टीमै पनि मन्त्रीमण्डलको हेरफेर हुनुपर्ने पक्षमा केहि नेता उभिएका छन् । त्यसका लागी छलफल गर्नु पर्ने उनिहरुको तर्क छ ।

तर अध्यक्ष बिच मन्त्रीमण्डल हेरफेरको कुरा आएपनि पार्टी भित्र भने यस बिषयमा छलफल भएको छैन । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिले यो बिषयमा कुनै किसिमको छलफल नभएको बताउनु भयो । मुलुक संघियतामा गएसंगै भएका तिनै तहका निर्वाचनबाट नेकपाले सरकार संचालनको जिम्मेवारी पाएको छ ।

त्यसमा पनि केन्द्रिय सरकारलाई भने झण्डै २ तिहाई बहुमत प्राप्त भएको छ । त्यसकारण पनि यो सरकारसंग मुलुक बिकासका बिषयमा आम चासो छ । सरकार गठन भएर सत्ता सञ्चालनको १ बर्षमा पनि सरकारले नागरिकको अपेक्षा अनुरुप काम गर्न नसकेको गुनासो आइरहँदा सरकारले भने यो वर्ष जग हाल्ने काम भएको भन्दै त्यसमा सफल भएको दावी गर्र्दै आएको छ ।

नितिगत केही काम भएपनि नागरिकले महसुस गर्ने गरि परिवर्तन भने भएको पाइदैन । हुन पनि केही मन्त्रीहरुको गैरजिम्मेवार कामले गर्दा समग्र सरकार आलोचित बनेको पाइन्छ । त्यसैले खास नतिजा देखाउनका लागि विवादित र काम गर्न असफल मन्त्री हटाउनुनै ओली सरकारका लागि फलदायि हुने देखिन्छ ।

साभार Radin NRN