रोचक ! विज्ञान प्रविधी समाज

तपाँइ हामीले देख्ने सपनाको फल जानौं कस्तो सपना देख्दा के हुन्छ ?

सपना त हामी सबैले देख्ने गरेकै छौ, तर तपाईलाई थाहा छ हामीले देखेको सपना अनुसार त्यसको अलग अलग फल पाईन्छ भन्ने धार्मिक मान्यता रहिआएको छ । हाम्रा परम्परागत मान्यता अनुसार हामीले देखेका केही सपनाले राम्रो फल दिन्छन भने केही सपनाले नराम्रो फल पनि दिन्छन् । तपाईले देख्नु भएको सपनाले कस्तो फल दिन्छन्, तलको तालिका हेरेर पत्ता लगाउनुहोस।।।

आकाशमा मास्तिर उड्नु (टाढा टाढाको यात्रा गरिन्छ, जसले लाभ हुन्छ ।

आकाशमा उड्नु ( लाभ हुन्छ ।

आकाशबाट झर्नु ( समाजमा बेइज्जती हुन्छ ।

आकाश देख्नु ( प्रतिष्ठा मिल्छ, सरकारबाट धेरै धन प्राप्त हुन्छ ।

आकाशमा बादल देख्नु ( सरकारको कृपा हुन्छ, व्यवसायमा वृद्धि हुन्छ ।

पानी पर्नु ( बिरामी पर्ने या जाल फरेबमा फसिने सूचना हो ।

पानी एकै ठाउँ परिरहनु ( परमात्माको कृपाले अन्न सस्तो हुने सूचना हो ।

बिजुलीका साथ पानी परेको देख्नु ( बिरामी भए निको होइन्छ, ऋण भए फच्चे हुन्छ ।

जमीनसम्म देख्नु ( दौलत मिल्छ ।

जमीनमा जोतेको, छरेको, रोपेको देख्नु ( संसारका हरेक काम पूरा हुन्छ । जीवन आरामले बित्छ ।

आकाशका धूलो वा आँधी देख्नु ( त्यस देशमा लडाइँ वा तूफान हुने सूचना हो ।

बिजुली देख्नु ( मालदार हुइन्छ ।

जमीनमा मिल्नु ( वरवाद होइन्छ, फरेबमा फसिन्छ ।

जङ्गलमा हिँड्नु ( धार्मिक उन्नति गर्छ, आफ्नु धर्ममा जीवनभर रहन्छ ।

जङ्गलमा खानु पिउनु ( धेरै धन मिल्छ या धन प्राप्त गर्न परिश्रम गर्छ ।

माटो खानु ( धेरै धन मिल्छ, अथवा बेइज्जत हुन्छ ।

माटोमा हिँड्नु ( धनी होइन्छ ।

ईनार खन्नु ( आम्दानीको वृद्धि हुन्छ या व्यापारबाट लाभ हुन्छ, दुनियाँले तिमीबाट लाभ पाउँछ ।

इनारबाट सिँचाइ गर्नु (आफ्नु धनबाट केही परमात्माको काममा पर

र्सार्छ, दीन ( दुःखीलाई मद्दत गर्छ ।

इनारबाट पानी निकालेर कुनै रुखमाहाल्नु ( दीन वा दुःखीहरुको सेवा गर्छ ।

इनारबाट पानी पियाउनु ( साधु वा महात्माको सेवा गर्छ ।

इनारबाट पानी निकाल्नु ( आम्दानीमा वृद्धि हुन्छ ।

इनारमा झर्नु ( मुसीबतमा फसिन्छ, शोक वा सन्तापमा परिन्छ ।

इनारबाट निस्कनु ( जिन्दगी आसानीसँग बित्छ या हरेक ठाउँमा सफलता प्राप्त हुन्छ ।

पानीमा हिँड्नु ( कुनै राजालाई प्रशन्न पार्छ, अन्धाधुन्ध उन्नति गर्छ ।

खोलामा बाढी देख्नु ( रीस या मुसीबतको सूचना हो ।

नदीमा अँध्यारो देख्नु ( परेशान हुइन्छ, पागल बनिन्छ, शोक पर्छ ।

सोतो तर्नु ( मरण नजीकिएको निशानी हो ।

नदी या कुलोमा नुहाउनु ( कुनै खुसीको कुरो हुन्छ, बिरामी निको हुन्छ, पाप कर्म छोडिदिन्छ ।

भुसमा भासिनु ( मुसीवत या शोकमा फस्नुपर्ने सूचना हो ।

कुलाको फोहोर पानी पिउनु ( कुनै रोगमा फस्ने सूचना हो ।

कुलोलाई अर्कातिर बगाउनु ( शोक वा मुसीबत हटेर खुसी हुइन्छ ।

हौज देख्नु ( कुशल जीवन व्यतीत हुन्छ वा नोकरी वा व्यवसायमा लाभ हुन्छ ।

नाउ देख्नु ( शोक वा दुःखबाट छुट्छ । राजाको आज्ञाको दण्डबाट छुट्छ ।

नाउमा चढेको देख्नु ( राजाज्ञाको अपराधमा गिरफ्तार हुन्छ, थोरै दिनपछि छुट्छ १

नाउबाट सुखा भुइँमा उत्रनु ( दुश्मन विजय प्राप्त हुन्छ, अगाध दौलत मिल्छ ।

नाउलाई सुखा मैदानमा देख्नु ( मुसीबत आउँछ,
भारी शोकमा प्राप्त हुइन्छ ।

जमीनमा केही बनाउनु ( असल दिलको हुइन्छ ।

ताराको चमक देख्नु ( राजाको कृपाले लाभ हुन्छ, परिवार बढ्छ ।

तारा समूहलाई अति चम्किलो देख्नु ( देश धनी हुन्छ, देशको शासनव्यवस्था राम्रो हुन्छस संसारमा त्यो देशको प्रतिष्ठा बढ्छ ।

तारा निल्नु ( चोरी गर्छ र तकलीफमा फस्छ ।

तारालाई हातमा लिनु ( गुणवान् छोरी जन्मिन्छे या कसैबाट लाभ हुन्छ ।

नाउसहित आफूलाई डुबेको देख्नु ( राजाज्ञाको अपराधमा गिरफ्तार भएर कैद हुइन्छ ।

पहाड देख्नु ( शत्रुमाथि विजय प्राप्त हुन्छ ।

पहाडमा हिँड्नु ( इज्जत मिल्छ, धेरै धन पाइन्छ ।

पहाडको मालिक हुनु ( कुन ठूलो व्यक्तिको मालिक हुइन्छ या आफ्नु शत्रुलाई परास्त गरेर वशमा बसाइन्छ ।

पहाडमा लडेको देख्नु ( कसैलाई हैरान पार्छ या कुनै दुष्टलाई नाश गर्छ ।

पहाडमा बाटो हिँडिरहेको देख्नु ( धैर्यवान् वा साहसी हुइन्छ ।

पहाडमा प्वाल पार्नु ( कसैसँग जालसाँजो गरिन्छ ।

पहाडमा चढ्नु ( अगाध उन्नति हुन्छ । दौलत हात लाग्ने निशानी हो ।

फूल देख्नु ( प्रेमीरप्रेमिका मिलन

पान खानु ( स्त्री प्रसङ्ग ९यौनसम्बन्ध० हुने

पिँजडा देख्नु ( जेल(नेल पर्ने ।

हरियो वन देख्नु ( शुभ समाचार मिल्ने ।

सुख्खा वन देख्नु ( चिन्ता हुने ।

चन्द्रमा ( प्रतिष्ठा मिल्ने ।

ग्रहण ( आपत पर्ने ।

खाना बनाउनु ( सन्तान बिरामी हुने ।

सुन पाउनु ( धन जाने, हानी हुने ।

र्सप मार्नु ( कष्टबाट छुटकरा पाउने ।

हस्ताक्षर गर्नु ( धनहानि हुनु ।

बिरालोले टोक्नु ( दर्घटना पर्ने तर बच्ने ।