मोफसल

छुरा प्रहार गरी महिलाको हत्या

मंगलबार, २९ माघ, २०७५

सुनसरीको इटहरी उपमहानगरपालिका–४ माखिम टोलमा छुरा प्रहार गरी एक महिलाको हत्या गरिएको छ ।

डेरा गरी बस्दै आएकी ३० वर्षीया सोनिया राईको स्थानीयवासी लालबहादुर राईले सोमबार छुरा प्रहार गरी हत्या गरेका हुन् ।

लालबहादुरलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।

मृतक सोनिया विवाहित हुन् । उनका श्रीमान् विदेशमा छन् ।

हत्याबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धि चौलागाईले बताए । साभार रासस

error: Content is protected !!