फिचर

पाँचथरको फाल्गुनन्द गाँउ पालिका अध्यक्ष अम्बर नेम्वाङको निधन

पाँचथर : पाँचथरको फाल्गुनन्द गाँउ पालिकाका अध्यक्ष अम्बरकुमार नेम्वाङको निधन भएको छ ।
नेम्बाङ आज अपरान्ह २ः१५ बजे गाँउ पालिकाको वडा नम्वर ५ ले आयोजना गरेको क्षमता विकास सम्वन्धि कार्यक्रममा प्रमूख अतिथिको रुपमा उपस्थित नेम्वाङ मन्तव्य राखि सकेपछि अचानक मुर्छा पर्नुभएको थियो ।
बसिरहेको कुर्सीमै मुर्छा परेर लडेका ७८ वर्षीय नेम्वाङको नेम्वाङलाई तत्काल स्थानीय क्लिनिकमा स्वास्थजाँच गराँउदा सुविधा सम्पन्न अस्पताल लैजाने सुझाव पाएसँगै इलाम जिल्ला अस्पताल लगिएको थियो ।
उहाँलाई इलाम जिल्ला अस्पतालमा चिकित्सकहरुले मृत घोषणा गरेका हुन ।
अस्पताल ल्याइपुर्याउदा हर्ट विट र पल्सले काम गर्न छोडिसकेको थियो । उहाँका पुरै अंग निष्कृय भइसकेका थिए । मुर्छा परे लगत्तै निधन भइसकेको हुनसक्ने इलाम अस्पतालका डाक्टर पवनजंघ रायमाझीले भन्नुभयो ।
यसअघि नेपाली कांग्रेसका तर्फबाट गाँउ पालिका अध्यक्ष बनेका नेम्वाङ २०४९ र ०५४ सालमा साविक पौवासारताप गाविसको अध्यक्ष हुनुभएको थियो ।
नेम्वाङ साहित्यमा समेत दख्खल राख्नुहुन्थ्यो । उहाँको साँझको अवसान तरेलीहरु कविता र अमेरिका भ्रमणका केहि सम्झनाहरु सस्मरण प्रकाशन भइसकेको छ । नेम्वाङलाई यसैवर्ष
नेपाल सरकारले सुप्रवल जनसेवा श्रीवाट समेत बिभुषित गरेको थियो ।