फिचर विचार

खुल्ला–पत्र कुकुर कविहरुका नाममा

विद्वान कुकुर कवि मित्रहरु,
एकामुष्ट नमस्कार,
यहाँहरु एउटा अभियानमा हुनुहुन्छ । म त्यो अभियानलाई नजिकैबाट नियालिरहेकी छु । अनि तपाँईहरुले चलाँउदै आउनुभएको कुकुर कविता आन्दोलन –(अभियान) का विषयमा सुक्ष्म ढंगले अध्ययन गर्ने जमर्को पनि गर्दैछु ।
भनिन्छ नि Morning Shows The Day. अथार्त बिहानीले दिनको संकेत गर्दछ । झट्ट सुन्दा र पढ्दा सुरुवाती चरणमा नै यहाँहरुका सिर्जना निक्कै उग्र र अश्लिल शब्द मिश्रित थिए । हाम्रो समाजले ती रचना सहज रुपमा पचाउन अझै पनि सकिरहेको छैन । चाहे पाठक र स्रोताले तपाँईका रचना मन पराउन वा नपराउन यहाँहरुले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्दै जाँदा अध्ययन गर्ने मौका चाँहि थुप्रैले गरेका छन र ती पाठकमध्ये एकजना म पनि एक हु ।
कुकुर कविता लेखनलाई यहाँहरुले नेपाली साहित्यको एउटा नयाँ आयाम अथवा नया प्रयोग भनेर बहस पनि गर्दै हुनुहुन्छ । त्यो पनि म स्विकार गर्छु । यो अभियानमा जो जो सामेल हुनुहुन्छ तपाँईहरु सवै मेरा हितैषी पनि हुनुहुन्छ । अझै यो आन्दोलनका अभियन्ता मध्येका एकजना संगम सुहाङ मेरो कक्षा ८ देखि स्नातक तहसम्मका सहपाठी पनि हुनुहुन्थ्यो । साहित्यिक यात्रा शुरुवात गर्दा उहाँको संगत मेरो ठुल्दाई अर्थात रमेश सुभेच्छुसँग थियो । अर्को हिसाबले भन्दा उहाँ मेरो माइती पनि हुनुहुन्छ । यस्तै अभियानमा सामेल भएका मधुराज केरुङ,बिबश बेनाम लगायतका थुप्रै कविज्यूहरुलाई पनि राम्ररी चिन्दछु । उहाँहरुप्रति मेरो सदैव सद्भाव रहँदै आएको छ । अझै भेटमा मैंले भन्ने गरेकीे छु । गर्ने बेला धेरै छ काम अझै धेरै बाँकी छन कुनै माहौलमा हौसिएर अगाडी बढ्नु हुँदैन भनेर । यहाँहरुले शुरुवात गर्नु भएको कुकुर कविताको अभियान आफैंमा नराम्रो होइन होला । यस्ले भोली नेपाली साहित्यमा नयाँ उचाई प्राप्त गर्दै इतिहासको कालखण्डमा प्रयोगमा पनि आउला समस्त अभियन्ताहरुमा शुभ कामना पनि छ । सुरुवाती चरणमा निकै अराजक ढंगबाट प्रश्तुत हुने अश्लिल शब्द मिश्रित तपाइहरुका रचना पछिल्लो समय केहि सभ्य हुँदै गएको भान हुन थालेको थियो । करिब १ वर्ष अगाडी फिदिमकै एक प्रतिष्ठित स ञ्चार गृहवाट प्रसारण हुने एउटा अन्तरवार्तामा अभियन्ता मध्येका बिबश वेनामले भन्दै हुनुहन्थ्यो । ‘ कुकुर हिंस्रक प्राणी मात्रै होइन उ एउटा घरको रक्षक पनि हो, उ आफ्नो कतव्र्यमा सदैव व्युमुढ रहन्छ, यत्ति हुँदा हुँदै उ सदैव दमनमा रहन्छ । हाम्रा सिर्जनाहरु त्यसरी शोषण र दमनमा परेका आवाज विहिनहरुको आवाज भएर प्रष्फुटन हुनेछन, अव कुकुर कविहरुले साहित्यमा अश्लिल शब्दहरुको प्रयोग गर्नेछैनन ।’
हुनत मानिसको बोली र व्यहार बिल्कुलै फरक हुन्छन जस्ले जे बोल्छ त्यो गर्दैन र जे गर्छ त्यो बोल्दैन । पछिल्लो पटक माघ २४ गते फिदिम बजार स्थित वीपी पार्क अगाडी आयोजित कुकुर कविता वाचन कार्यक्रममा यहाँहरुले त्यो पुष्टि गरेरै देखाउनुभयो ।
हुन त यो पत्र पढिरहँदा तपाँईहरुलाई लाग्न सक्छ राधाले पुर्वाग्रहि ढंगले यो पत्र लेखि कत्तिले आश्था र विचारसँग पनि जोड्नुहुन्छ होला र कत्तिले यो पत्रको समर्थन पनि गर्नुहुन्छ होला । म त्यो स्थानमा वीपीको सालिक राख्नुहुन्थ्यो हुँदैनथ्यो त्यतातिर जाँदै जान्न अनि त्यो जग्गा कस्को स्वामित्वमा छ त्यो मलाई थाहै भएन
। इमानसिंग सिरिजंगा र फाल्गुनन्दको सालिक राखिनु हुँदैन भनेर त झन भन्दै भन्दिन । भनिन्छ आफुले लगाउने कपडाको इज्वत गर्न सक्यो भने मात्रै त्यो कपडा लगाउदा आफ्नो इज्वत ढाक्छ ।
हुन त म त्यो कार्यक्रममा उपस्थित थिइन तर तपाईहरुले आ आफ्ना फेसवुक आइडीमा गरिरहनु भएको प्रत्यक्ष प्रसारणले त्यो कार्यक्रमसँग मलाई जोडिदियो । यहाँहरुका प्रश्तुत हेर्नु र सुन्नु अघि मलाई लाथ्यो कविहरु भद्र हुन्छन । उनीहरुको प्रश्तुति पनि सभ्य हुन्छ । कुनै कुराको विरोध गर्नुपरे सभ्य भाषा प्रयोग गर्छन अनिन कसैलाई गाली नै गर्नुपरेपनि सभ्य भाषा प्रयोग गर्छन ।
तपाईहरुले त्यो कार्यक्रममा प्रयोग गरेको भाषा अहिल्यै हाम्रो समाजले पचाउने अवस्थाको थिएन । मानव निर्मित सालिकलाई तपाईहरुले जुन ढंगले –(जेठा,माइला अथवा जाँड खाने चिनीखाने ) जस्ता शब्द प्रयोग गर्नुभयो । त्यो सालिकले ती कुरा सुनेन र बुझेन पनि त्यस्ले त केवल तपाँईहरुकै इज्वत र प्रतिष्ठा खुम्च्याउने काम गर्यो । तपाँइहरुले यो सालिकले सुम्हात्लुङलाई लात हानेको छ भनेर आफ्नै खुट्टा सुम्हात्लुङतर्फ फर्काउनुभयो । अनि फक्ताङलुङलाई चाक देखाएको छ भन्दै आफ्नो चाक फक्ताङलुङ तर्फ नै फर्काउनुभयो । तर विचरा सालिक केहि नगरी ठिंग उभिएर तपाँइहरुले देखाएको त्यो नाटकीय मञ्चन हेर्दै मुस्कुराइ रह्यो । कुकुर कवि मात्रै नभएर सर्वसाधारण र चेली माइती भएका स्थानमा लज्जाबोध हुने शब्द प्रयोग गर्दै प्रयोग गर्दै हेर्ने सुन्ने सवैलाई लज्जित तुल्याउनुभयो ।
त्यो प्रश्तुतिले तपाइहरुको उचाइ बढाउनुको साटो उल्टै गिरायो होला । मेरो विचारमा सवै स्रष्टा, सर्जक,साहित्यकार अनि लेखक सम्मानित हुन । उनीहरुलाई सबैले आ आफ्नो ठाँउबाट आदरभाव प्रकट गर्नुपर्छ । हुन त त्यो कार्यक्रममा पूर्व मन्त्रीदेखि जिल्लाका बरिष्ठ मानव अधिकारकर्मी र साहित्यकार भनाँउदा महानुभावको पनि उपस्थिति देखेको थिए । त्यत्तिका प्रबुद्ध वर्गले कार्यक्रममा उपस्थित भइरहँदा कार्यक्रमको सभ्यता माथि ख्याल गर्नुपथ्र्यो अनि भन्न सक्नुपथ्र्यो स्रष्टाहरुले गर्ने कार्यक्रम मर्यादित हुनुपर्छ । सार्वजनिक स्थलमा बोलिने भाषा सभ्य र सिष्ट हुनुपर्छ ।
तपाइहरु मान्नुहोस नमान्नुहोस हिजो जुन हिसावको आक्रोस एकहाते सालिक बिरुद्ध पोखिएको छ । त्यो आक्रोश व्यवस्थापन भएन भने यहाँ बर्गीय भन्दा पनि कुनै जाती र सम्प्रदाय बिशेषमा स्रष्टाहरु बिभाजित हुनेछन अनि ओझाको सालिक बन्न लाग्दा केरुङहरुले त्यसलाई भत्काइदिनेछन । केरुङका नाममा प्रतिष्ठान खुल्न लाग्यो भने विधानको मस्यौदा ओझाहरुले च्यातिदिनेछन । एक थरीले गरेको रचनाले अर्कोथरीको मन दुखाउनेछ अनि कवि,लेखक,समालोचक र स्रष्टाविच पानी बाराबारको अवस्था आउनेछ । यस्ले कसैको भलो गर्नेछैन । त्यसैले म तपाइहरुलाई मेरो सुझाव छ इतिहास बोकेका सवै स्रष्टा,कवि र राजनेता चाहे जुनसुकै समुदाय वा जाती विशेषको होस उस्को सम्मान गर्न सिकौं । हाम्रा रचना सभ्य शब्दमा सुसज्जित हुन । तीनिहरुले समाजलाई सकरात्मक उर्जा प्रदान गरुन अनि अन्याय,अत्याचार र कुरुतिको बिरोध गरुन ।
अन्त्यमा पत्र पढ््न भ्याउनुभयो भने प्रतिउत्तर लेखे फरक पर्दैन तर तपाईहरुले लेख्ने शव्द सभ्य हुन जरुरी छ । हुन त कुकुर हो भुक्नु बिशेषता हो तर जतिबेला सुकै र जोसुकैलाई झम्टिने कुकुरलाई थाहै नपाई रेविज लागेको हुनसक्छ र्। हम्मेसी एन्टि रेबिज भ्याक्सिन नपाँइन सक्छ अनि पाए पनि म्याद गुज्रेको हुनसक्छ अनि म्याद नगुज्रिएकै भएपनि तपाइहरुका लागि त्यसले काम नगर्न सक्छ । स्रष्टाले आफ्ना सिर्जनाको स्वाद चखाउने हो जवरजस्त घिचाउने होइन । आफ्नो ख्याल गर्नु तपाईहरुका कलमले अश्लिल शव्द नलेखुन अनि जिब्राले त्यस्ता शब्द उच्चारण नगरुन प्रगती उन्नतीको शुभ कामना ।

तपाइहरुको भलो चिताउने
राधा लुइटेल -(गौतम ) फिदिम ४ पाँचथर
प्रतिकृयाका लागि ९८६२७५५१३१
Email : gautam.radha2011@gmail.com