फिचर

तिन दिनदेखिको वर्षा र हिमपात आज पनिः आईतवारदेखि मात्र मौसममा सुधार आउने

विगत तीन दिनदेखिको वर्षा र हिमपात अहिले पनि देशभर जारी छ। बुधबारदेखि बदली भएको मौसममा आज सम्म पनि सुधार हुन नसक्दा उच्च भूभागमा हिमपात भएको छ काठमाण्डौ सहित अन्य ठाँउमा वर्षा भईरहेको छ ।

मौसम विभागले आज पनि देशभरि पानी पर्ने जनाएको छ । भोलिदेखि मात्र मौसममा सुधार आउने विभागले जनाएको छ । चिसोका कारण जनजीवन प्रभावित भएको छ । जनजीवन कष्टकर भए पनि पानी र हिमपात भएका कारण किसान भने हिउँदे बाली सप्रने भन्दै खुशी भएका छन्।

सोलुखुम्बुसहित पूर्वीपहाडी जिल्लाको अधिकांश उच्च भूभागमा बर्सातसँगै हिमपात भएको छ। हावाहुरीका कारण सोलुखुम्बु जिल्लामा टेलिफोन सेवा अवरुद्ध भएको छ।

हावाहुरीले पत्तालेस्थित नेपाल टेलिकमको एन्टेनामा असर पारेपछि फोन सेवा प्रभावित भएको नेपाल टेलिकम सल्लेरीका प्रमुख श्याम कठायतले जानकारी दिनुभएको छ ।

लगातार हिमपात भएपछि जिल्लाको उत्तरी भेगमा रहेको नाम्खा गाउँपालिकाको तुम्कोटस्थित कर्णाली नदीमा पानीको बहाव घटेको छ। नाम्खा गाउँपालिका– ६ लिमीबाट कर्णालीमा पानीको बहाव घटेको प्रहरी नायब उपरीक्षक रबिनकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

भारी वर्षासँगै मकवानपुरको उच्च पहाडी क्षेत्रमा शुक्रबार साँझदेखि हिमपात भएको छ। मकवानपुरको उच्च पहाडी क्षेत्र दामन, सिमभञ्ज्याङलगायतका भूभागमा हिमपात भएको हो। हिमपात अघि त्यस क्षेत्रमा ठूलो असिना पानी परेको थियो। हिमपात भएसँगै पर्यटकीय क्षेत्र दामन पुगेको पर्यटक तथा स्थानीय हिउँ खेलेर रमाइरहेका छन्।

साभार radionrn

रेडियो मितेरी Live

error: Content is protected !!