कला साहित्य

फिदिमका कुकुर कबिहरुले यस्तो सम्म गर्न भ्याए भीडियो सहित

उत्पीडन र दमन बिरुद्ध भन्दै कुकुर कबिताका अभियन्ताहरुले आज पाँचथरको सदरमुकाम फिदिम स्थित बिपि कोइरालाको सालिक अगाडी रचना बाचन कायर्यक्रम सम्पन्न गरेका छन ।


कार्यक्रममा रचना बाचन गर्ने स्रष्टाहरुले जिल्ला समन्वय समितिको सहिद मञ्च अगाडी उभ्याइएको बीपिको सालिक अगाडीवाट रचना मार्फत सार्वजनिक स्थलमा फाल्गुनन्द र इमानसिंह चेम्जोङका सालिक नराखिएकोमा बिरोध पनि गरे ।


अधिकांश समय अश्लिल शव्द मिश्रित कविता वाचनमा समय खर्चिएका स्रष्टाहरुले बीपि कोइरालाई साहित्यिक नभएर राजनैतिक व्यक्तित्वको भएको संज्ञा दिए ।


बिपि अध्ययन प्रतिष्ठानको नाममा रहेको जग्गामा बीपि कोइरालाको सालिक निर्माण भएपछि स्रष्टाहरुले यसरी गरेको बिरोधको सान्दर्भिकता नभएको टिप्पणी समेत भएको छ । कार्यक्रममा मधु आजित संकर आत्मा,राज नुनम केरुङ र संगम सुहाङ लगायतले अश्लिल शव्द मिश्रित रचना बाचन गरेका थिए ।


कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टिका नेता समेत रहेका पुर्व मन्त्री श्रीप्रसाद जवेगूलाई प्रमूख अतिथि वनाइएको थियो ।

About the author

miteree

Add Comment

Click here to post a comment

Your email address will not be published. Required fields are marked *