विश्व

फिलिपिन्समा दुईवटा बम विस्फोट हुँदा २० जनाको मृत्यु

फिलिपिन्समा दुईवटा बम विस्फोट हुँदा २० जनाभन्दा धेरैको ज्यान गएको छ । विस्फोटमा दर्जनौ घाइते भएका छन् ।

स्थानीय समय अनुसार बिहान पौने ९ बजे जोलो आइसल्याण्डमा रहेको एउटा चर्चमा प्राथना गरिरहेका बेला पहिलो विस्फोट भएको बीबीसीले जनाएको छ ।
त्यसको केही समयपछि कार पार्किङमा अर्को विस्फोट भएको हो । विस्फोटपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । तर अहिलेसम्म विस्फोटको जिम्मेवारी कसैले पनि लिएको छैन ।

एजेन्सी