फिचर

फाल्गुनन्द गोल्डकप : आर्मी फाइनलमा भीडियो सहित

पाँचथर : विभागीय टोली त्रिभुवन आर्मी क्लव पाँचथरको फिदिममा जारी फाल्गुनन्द गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
आज –(शनिवार ) भएको अन्तिम सेमी फाइनल खेलमा रोयल फुटवल क्लव दार्जिलिङलाई २–१ गोल अन्तरले पराजित गर्दै आर्मी mाइनलमा प्रवेश गरेको हो ।

आर्मीका तर्फवाट खेल शुरु भएको १६ औं मिनेटमै राजेश पौडेलले १ गोल गरेका थिए । जवाफमा आर्मीका सिदान्त क्षेत्रीले २१ आंै मिनेटमा गोल फर्काउदै आफ्नो टिमलाई वरावरीमा पु¥याए । त्यसपछि दुवै टिमले अन्तिम क्षणसम्म वरावरीमा खेले । ९० औं मिनेटमा आर्मीका एरिक बिष्टले गरेको गोल नै निर्णायक बन्यो । आजको खेलमा बिष्टलाई नै मेन अफ दि म्याच घोषित गरियो ।

अव आर्मीले पुष ३० गते फाल्गुनन्द गोल्डकपको उपाधीका लागि झापा ११ सँगे भीड्ने पक्का भएको छ । भारतीय सहित ए डिभिजनका १० टिम सहभागी थिए । जसमध्ये आयोजक फिदिम स्पोर्टिङ,व्वाइज युनियन,सरस्वती क्लव, रोयल एफसि दार्जिलिङ सुनसरी ११, एपिएफ,ताप्लेजुङ र मोरङ विभिन्न चरणवाट बाहिरिएका छन ।

नेपालका १६ औं विभूती फाल्गुनन्द लिङदेनको स्मृतिमा आयोजित प्रतियोगिताका विजेताले नगद ४ लाख र उप विजेताले २ लाख सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन ।  प्रतियोगिता अखिल नेपाल फुटवल संघको वार्षिक क्यालेन्डर अनुसार सञ्चालन हुँदै आएको छ ।