खेलकुद फिचर

फाल्गुनन्द गोल्डकप : दार्जिलिङले ब्वाइज युनियनलाइ हरायो भीडियाे सहित

पाँचथर : ब्वाइज युनियन काठमाण्डौलाइ रोयल फुटवल क्लव दार्जिलिङ फाल्गुनन्द गोल्डकपको सेमी फाइनलमा प्रवेश गरेको छ ।
आज –(विहिवार ) भएको खेलमा व्वाइज युनियनलाई ०–२ गोल अन्तरले हराँउदै दार्जिलिङले १० औं रुष्लान फाल्गुनन्द गोल्डकपको सेमी फाइनल यात्रा सुरक्षित गरेको हो ।

दार्जिलिङका तर्फवाट करण राईले मात्रै २ गोल गरेका थिए । खेल शुरु भएको १६ औं मिनेटमा १ गोल गर्दै खाता खोलेका उनले मध्यान्तर पछि ७४ औं मिनेटमा दोस्रो गोल गर्दै टिमको जीत सुनिश्चित गरे । आजको खेलमा राईलाई नै म्यान अफ दि म्याच घोषणा गर्दै नगद १० हजार सहित पुरस्कृत गरियो । खेलको सुरुवाती चरणवाटै दार्जिलिङले अन्तिमसम्म व्वाइज युनियनलाई दवावमा राखेको राखेको थियो । यो सँगै फाल्गुनन्द गोल्डकपमा आजदेखि क्वाटर फाइनल चरणा सवै खेल सम्पन्न भएका छन । भोली पहिलो सेमी फाइनल सरस्वती क्लव काठाण्डौ र झापा ११ विच हुने आयोजकले जनाएको छ ।

फिदिम स्पोर्टिङ क्लव र पाँचथर जिल्ला फुटवल संघले आयोजना गरेको १० औं रुष्लान फाल्गुनन्द गोल्डकपमा यसवर्ष नेपालका ३ विभागीय र १ भारतीय सहित ए डिभिजनका १० टिम सहभागी थिए । जसमध्ये आयोजक फिदिम स्पोर्टिङ सँगै सुनसरी, एपिएफ,ताप्लेजुङ र मोरङ बाहिरिइ सकेका छन ।

नेपालका १६ औं विभूती फाल्गुनन्द लिङदेनको स्मृतिमा आयोजित प्रतियोगिताका विजेताले नगद ४ लाख र उप विजेताले २ लाख सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन ।  प्रतियोगिता अखिल नेपाल फुटवल संघको वार्षिक क्यालेन्डर अनुसार सञ्चालन हुँदै आएको छ ।