फिचर

फाल्गुनन्द गोल्डकप, सरस्वती क्लवसँग सुनसरी स्तव्ध :भीडियो सहित

पाँचथर : साविक विजेता सुनससरी ११ लाई सरस्वती क्लव काठमाण्डौ पाँचथरको फिदिममा जारी १० औं फाल्गुनन्द गोल्डकपको सेमी फाइनलमा प्रवेश गरेको छ ।

आज –(वुधवार) भएको खेलको १–२ गोल अन्तरले पराजित गर्दै सरस्वती क्लवले सेमी फाइनल सम्मको यात्रा तय गरेको हो ।
खेल शुरु भएको आठौं मिनेटमा सुनसरीका दिपेन तामाङले गोल गर्दै सरस्वतीलाई दवावमा राखेपनि मध्यान्तर पछिको क्रमशः ७६ औं र ८० औं मिनेटमा सरस्वती क्लववाट खेलेका विदेशी खेलाडी भिक्टोरले गोल गरेपछि सुनसरी स्तव्ध बन्न पुग्यो ।

आजको खेलमा सरस्वतीका भिक्टोर नै म्यान अफ दि म्याच घोषित हुँदै नगद १० हजारले पुरस्कृत प्राप्त गर्न सफल भए ।
भोली हुने अन्तिम क्वाटर फाइनलमा रोयल फुटवल क्लव दार्जिलिङ र व्वाइज युनियन काठमाण्डौविच प्रतिश्पर्धा हुने आयोजकले जनाएको छ । फिदिम स्पोर्टिङ क्लव र पाँचथर जिल्ला फुटवल संघले आयोजना गरेको १० औं रुष्लान फाल्गुनन्द गोल्डकपमा यसवर्ष नेपालका ३ विभागीय र १ भारतीय सहित ए डिभिजनका १० टिम सहभागी थिए । जसमध्ये आयोजक फिदिम स्पोर्टिङ सँगै सुनसरी, एपिएफ,ताप्लेजुङ र मोरङ बाहिरिइ सकेका छन ।

नेपालका १६ औं विभूती फाल्गुनन्द लिङदेनको स्मृतिमा आयोजित प्रतियोगिताका विजेताले नगद ४ लाख र उप विजेताले २ लाख सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन ।  प्रतियोगिता अखिल नेपाल फुटवल संघको वार्षिक क्यालेन्डर अनुसार सञ्चालन हुँदै आएको छ ।