खेलकुद फिचर

आयोजकलाई स्तव्ध पार्दै आर्मी फाल्गुनन्द गोल्डकपको सेमी फाइनलमा भीडियो सहित

पाँचथर : आयोजक फिदिम स्पोर्टिङ क्लवलाई ट्राइवेकरमा १–३ गोल अन्तरलले हराँउदै विभागीय टोली त्रिभुवन आर्मी क्लव पाँचथरको फिदिममा जारी फाल्गुनन्द गोल्डकपको सेमी फाइनलमा प्रवेश गरेको छ ।

आज –(मंगलवार) भएको खेलको निर्धारित समयमा दुवै टिमले २–२ गोलको वरावरीमा खेलेपछि ट्राइवेकरमा निर्णय लिइएको थियो ।
ट्राइवेकरमा आर्मीका तर्फवाट निरन्तर राजेश पौडेल,एरिक विष्ट र विश्वास चौधरीले गोल गरेभने आयोजकका तर्फवाट प्रविण जवेगूले मात्रै गोल गरे । आयोजक टिमका सरण वस्नेत र ओमविक्रम घलेको प्रहार भने आर्मीका गोल रक्षकले रक्षा गरेपछि आयोजक क्वाटर फाइनलबाटै बाहिरिन पुगेको हो ।

अघिल्लो चरणमा भने आर्मीका तर्फवाट राजिव गुरुङ एक्लैले २ तथा आयोजकका तर्फवाट प्रविण जवेगू र विदेशी खेलाडी स्टेफनले गोल गर्दै वरावरी खेलेका थिए । आजको खेलमा आमीका विश्वास चौधरीलाई म्यान अफ दि म्याच घोषणा गर्दै नगद १० हजारले पुरस्कृत गरियो ।
भोली सरस्वती क्लव झापा र सुनसरी ११ विच प्रतिश्पर्धा हुने आयोजकले जनाएको छ ।

फिदिम स्पोर्टिङ क्लव र पाँचथर जिल्ला फुटवल संघले आयोजना गरेको १० औं रुष्लान फाल्गुनन्द गोल्डकपमा यसवर्ष नेपालका ३ विभागीय र १ भारतीय सहित ए डिभिजनका १० टिम सहभागी थिए । जसमध्ये एपिएफ,ताप्लेजुङ,आयोजक र मोरङ बाहिरिइसकेका छन ।
नेपालका १६ औं विभूती फाल्गुनन्द लिङदेनको स्मृतिमा आयोजित प्रतियोगिताका विजेताले नगद ४ लाख र उप विजेताले २ लाख सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन । प्रतियोगिता अखिल नेपाल फुटवल संघको वार्षिक क्यालेन्डर अनुसार सञ्चालन हुँदै आएको छ ।

रेडियो मितेरी Live

नेपाल